एनआईसी एसिया बैंकद्वारा डलर आयात

काठमाडौं,२०  साउन ।

एन आई सी एसिया बैंकले पहिलोपटक नगद अमेरिकी डलर आयात गरी ग्राहकलाई सहजरूपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैंकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २५ सय अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

बैंकले शाखा कार्यालयहरू उपत्यकाभित्र (त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, बनेपा, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगन्ज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक, बत्तीसपुतली, कीर्तिपुर, सातदोबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँबानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट र गोल्फुटार) तथा उपत्यका बाहिरका शाखा कार्यालय (विराटनगर, वीरगन्ज, धरान, पोखरा, नेपालगन्ज, नारायणगढ, बुटवल ) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया