एनआईसी एसिया बैंकलाई बेस्ट ब्राण्ड र बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड

काठमाडौँ ६ पुष

एनआईसी एसिया बैंकले  दुई अवार्ड पाएको छ। बैंकले बैंकिङ सेक्टरको बेस्ट ब्राण्ड अवार्ड र बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड एकैसाथ पाउन सफल भएको हो।

वर्ल्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्ट्च्युट र स्टार्स अफ दी इन्डष्ट्री ग्रुपद्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा बैंकलाई अवार्ड प्रदान गरिएको हो। वर्ल्ड सिएसआर डे एण्ड वर्ल्ड सस्टैनएब्लीटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा अर्थराज्यमन्त्री उदयशमशेर जबराले बैंकलाई अवार्ड प्रदान गरे।

सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट लगायत सेवा प्रदायक कम्पनीहरुले सहभागिता थियो। कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो।

यसअघि बैंकले २००७ र २०१३ मा ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ। बैंकले अधिराज्यभर १४९ शाखा कार्यालय, १४१ एटीएम र ४ एक्स्टेन्सन काउण्टरबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले ११७ अर्ब निक्षेप संकलन गरी ९८ अर्ब कर्जा प्रवाह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया