एनआईसी एसिया बैक र युनियन लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
बिजनेसपाटी १६ श्रावण ।
एनआईसी एशिया बैंक लिमिटेडले युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनियन लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया