एनआईसी एसिया क्यापिटल र इमर्जिङ नेपालबीच सम्झौता
काठमाडौं– १३ फागुन
एनआईसी एसिया क्यापिटल र ईमर्जिङ नेपाल लिमिटेडबीच धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता भएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ्ग नेपाल लिमिटेड बीच ५ लाख कित्ता साधारण शेयरको धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने सम्झौता भएको हो ।
एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल र ईमिर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.( विनोदन आत्रेयले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनीले विभिन्न क्षेत्रमा सेयर लगानी गरि देशका आधारभूत संरचना विकाुमा कार्य गर्नेछ ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल बजारमा कायम रहेको बैंक तथा बित्तिय संस्था, इन्स्योरेन्स र जलबिद्युत लगायत अन्य क्षेत्रहरुका कम्पनीहरुलाई सर्वसाधारणमा शेयर निष्काशन गर्न सहजीकरण गर्दै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया