एनआर्इसी एशियाले २१.०५ प्रतिशत लाभांश दिने

काठमाडौं २८ श्रावण ।

एनआर्इसी एशिया बैंकले लाभांशको निर्णय गरेको छ। बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यससंगै एनआर्इसी एशिया बैंक गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक समेत बनेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेका अनुसार २० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया