एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ, फागुन २८ । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर धनीको नाममा रहेको ८६ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

बैंकको संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन मिल्ने उक्त शेयर आजदेखि विक्रीमा राखिएको छ । यसपटक बैंकले विभिन्न ३ जना संस्थापक शेयर धनीको स्वामित्वमा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिइसक्नु पर्ने हुन्छ ।

यदि बैंकले तोकेको निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्न सक्ने पनि स्पष्ट पारेको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया