एनएमबि बैंकको १९ प्रतिशत बोनस पारित

बिजनेसपाटी २५ पौष 
एनएमबि बैंकको साधारणसभाले  शेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र १  प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।   बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओ नेदरल्याण्डको २० प्रतिशत स्वामित्व रहेको बैंकको बोनश शेयरपछि चुक्ता पूँजी ६ अर्ब ४६ करोड पुग्नेछ।
बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा भएको हो। बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया