एनएमबि बैक बन्यो एसियाकै सर्वोत्कृष्ट

काठमाडौं, १५ मंसिर २०७८। 

एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनबाट बैंक अफ दि इयर एसिया २०२१ को अवार्ड बैकले प्राप्त गरेको हो ।
बुधबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै एनएमबि बैंकले अवार्ड सार्वजनिक गरेको हो । बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा बैंकलाई सो अवार्ड हस्तान्तरण गरेका थिए। नेपालमा यसअघि हालसम्म सो अवार्ड कुनैपनि बैंकले प्राप्त गरेका छैनन्। अवार्डको प्रतिष्पर्धामा एशियाका ४८ देशका बैंकहरु सहभागी थिए । सहभागी सबैलाई पछिपार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक बनेको हो ।

यो अवार्ड नेपालका सबै बैंक तथा वित्तीय संस्थाको जीत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए। बैंकले यसअघि चार वर्षमा तीनपटक बैंक अफ द इयर अवार्ड जितेको थियो। बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आफूले चार वर्षअघि देखेको सपना पूरा भएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै गोल्याणले भने,अबको पाँच वर्षभित्र विश्वकै सर्वोत्कृष्ट बैंक बन्ने सपना छ।
सन् २००२ मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरका बैंकहरुको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रुपमा मान्यता प्रदान गर्ने मानक रुपमा लिइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया