एनएमबी बैंकले दिने भयो शैक्षिक कर्जा

बिजनेसपाटी २८ श्रावण

विद्यार्थीहरुलाई एनएमबी बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने भएको छ । बैंकले त्रिविबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिने भएको हो । कर्जा दिने  सम्बन्धमा  बैंक र कलेजबीच शुक्रबार लिखित सम्झौता भएको छ ।

सो सम्झौता अनुसार हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने छन् । एनएमबी बैंकका सीईओ उपेन्द्र पौडेलले कर्जाको अवधि ४ वर्षको हुने र किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्ने बताए । कर्जा विद्यार्थीको आर्थिक आवस्था हेरी ५ देखि ८ प्रतिशत ब्याज लिने सम्झौता भएको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया