एनबिआई र जनता बैंकबीच तालिम संचालन सम्झौता
बिजनेसपाटी २७ अशोज
नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड एनबिआई र जनता बैंक नेपाल लिमिटेड बिच कर्मचारी तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यहि असोज २४ गते भएको संझौता अनुसार एनबिआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ । आ. व. २०७४÷७५ मा एनबिआईले जनता बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धिको लागि ५० लाख बराबर रकमको विभिन्न विषयमा तालिम आयोजना गर्ने गरी संझौता भएको हो ।
सम्झौतापत्रमा जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र एनबिआईको प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया