एनबी इन्सुरेन्सको १०० प्रतिशत हकप्रद खुल्ला, कहाँ कहाँबाट दिने आवेदन ?

बिजनेसपाटी ५ असार  ।

एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले असार ५ गतेबाट २७ लाख कित्ता हकप्रद शेयर  निष्काशन गरेको छ ।  प्रति शेयर एक सय रुपैयाँका दरले कम्पनीले एक शेयर बराबर एकको अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

जेठ ३ गतेसम्म कायम शेयरधनीले सो  हकप्रद शेयरमा  ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

शतप्रतिशत हकप्रद शेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल र एनबी इन्सुरेन्सका सबै शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले  जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया