एनसेल कर छली प्रकरणमा जवाफ दिन प्रधानमन्त्री तयार

काठमाडौँ २२ चैत्र

प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने भएका छन्। सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ। समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्वजनिक लेखा समितिमा जवाफ दिनेछन्। लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले भने,‘एनसेल प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिने निश्चित भयो। उहाले २७ गतेको बैठकमा आउने बताउनु भयो।’ उपाध्यायका अनुसार सोमबार दिउँसो ५ बजे भएको छलफलमा प्रधानमन्त्री लेखा समितिको बैठकमा सहभागी हुने टुंगो लगाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया