‘एनसेल कर जसरी पनि उठाउँछौ’

काठमाडाैं, २८ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल बिक्रीमा सरकारले पाउने पूँजीगत लाभकर जसरी भएपनि उठाउने भएका छन् । आइतबार ब्यवस्थापिका संसद्को सार्वजानिक लेखा समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलबाट पूँजीगत लाभकर उठाउन अप्ठेरो नभएको बताए ।

अाजको नागरिक दैनिकमा खबर छ– ‘राज्यलाई पूँजीगत लाभकर उठाउन कुनै अप्ठेरो छैन’, प्रधानमन्त्रीले भने, ‘एनसेल यहीं छ, कहीं गएको छैन ।’स्विडिस कम्पनी टेलियासोनेराबाट मलेसियन कम्पनी एक्जिएटालाई एनसेल बिक्री गर्दा नेपाल सरकारले पाउनेपर्ने पूँजीगत लाभकरका बारेमा बुझ्न समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । समितिले लाभकर उठ्न नसकेको र यस विषयमा मन्त्रिपरिषदले गरको ‘निर्णय’ के हो भन्ने विषयमा बुझ्न खोजेको हो ।

समितिमा प्रचण्डले कर उठाउने विषयमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गरे । छिटो भन्दा छिटो निर्णय लिएर कर उठाउन तयार रहेको उनले बताए । ‘इफ, बट नभनी छिटो भन्दा छिटो पुँजीगत लाभकर उठाइनेछ,’ प्रधानमन्त्रीले भने, त्यसैगरी विक्रेताबाट समयमै तदारुकताका साथ किन उठाइएने भने विषयमा पनि अनुसन्धान हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया