एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो भिडन्तमा काठमाडौं र ललितपुर

काठमाडौं, चैत ३, २०८१ । नेपाली फुटबलप्रेमीहरूलाई भरपुर मनोरञ्चन प्रदान गर्ने उद्देश्यका साथ एनसेलले नेपाल सुपर लिग (NSL) २०२५ को तेस्रो सिजनको खेल तालिका सार्वजनिक गरेको छ । आगामी चैत्र १६, २०८१ मा सुरु हुने यो प्रतिष्ठित प्रतियोगिता बैशाख १३, २०८२ मा सम्पन्न हुनेछ।

एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा नेपालका सात उत्कृष्ट टोली (ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन एफसी ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सिजनको पहिलो खेल फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने भ्याली डर्बी हुनेछ। सिजन १ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को विजेता ललितपुर सिटी एफसी बीचको प्रतिस्पर्धाबाट लिगको उद्घाटन हुनेछ। यो बहुप्रतीक्षित खेलले लिगभर उत्साह कायम राख्ने अपेक्षा गरिएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। यस लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने भूमिका खेल्दै आएको छ।

एनसेल, नेपालको अग्रणी दूरसञ्चार कम्पनी, नेपाली फुटबलको प्रवर्द्धनमा विशेष जोड दिँदै आएको छ। एनएसएलको मुख्य प्रायोजकका रूपमा, एनसेलले उदीयमान तथा अनुभवी खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ।

एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा नेपालका सात उत्कृष्ट टोली -ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन एफसी ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

सिजनको पहिलो खेल फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने भ्याली डर्बी हुनेछ। सिजन १ को विजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को विजेता ललितपुर सिटी एफसी बीचको प्रतिस्पर्धाबाट लिगको उद्घाटन हुनेछ। यो बहुप्रतीक्षित खेलले लिगभर उत्साह कायम राख्ने अपेक्षा गरिएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। यस लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने भूमिका खेल्दै आएको छ।

एनसेल, नेपालको अग्रणी दूरसञ्चार कम्पनी, नेपाली फुटबलको प्रवर्द्धनमा विशेष जोड दिँदै आएको छ। एनएसएलको मुख्य प्रायोजकका रूपमा, एनसेलले उदीयमान तथा अनुभवी खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया