एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा कस्टुमर केयर सेवा

काठमाण्डौ ५ बैशाख, २०७८ ।
एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘Customer Care’ को सुरुवात गरेको छ । आफ्ना लाखौं ग्राहक महानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank मार्फत यस कार्यको थालनी गरेको छ । आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको NIC ASIA MoBank एप भित्र रहेको यस Customer Care आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् ।

च्याटबट ः मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहक महानुभावहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट-मोबाइल-भाइबर,Missed Call बैंकिङ्ग तथा  QR मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत ग्राहक महानुभावहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट : ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको Real Time Tracking समेत सजिलै गर्न सक्नुहुनेछ ।

Video Tutorial  बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्नुहुनेछ ।

ईमेल सुविधा : ग्राहक महानुभावहरूले यसCustomer Care भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

FAQs M बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सकिने बैकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया