एफपिओको हल्लाले बजारमा साढे ३६ अंकको उछाल
काठमाडौं १३ असार।
शेयर बजारले आज बाणिज्य बैंकहरुको सेयर मूल्य उर्लिँदा १७०० अंक पार गरेको छ । बिमा कम्पनीहरुमा गिरावट आएपनि आज बाणिज्य बैंक समूहको बृदिका कारण बजार १७२१.७७ अंकमा पुगेर बन्द भएको छ ।
आज सोमबार बजारमा एकै दिन ३६.६० अंकको बृद्धि देखिएको छ । आज एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंकलगायतको लिडमा बजारले नयाँ उचाइ कायम गरेको भएपनि कारोबार रकम भने केही घटेको छ ।
आज दिनभरीमा बजारमा १३२ कम्पनीका एक अर्ब ६३ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार एभरेष्ट बैंकको ९ करोड ९५ लाख रुपैयाँ, एसबिआइको ८ करोड ६४ लाख रुपैयाँ र नेपाल बंगलादेश बैंकको ७ करोड ४ लाख रुपैयाँको किनबेच भएको छ ।
सेन्चुरी बैक र जेविल्स फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाएका छन् भने आज मनास्लु विकास, नेपाल इन्स्योरेन्स लगायतले गुमाएका छन्
फेसबुकबाट तपाईको प्रतिक्रिया