एभरेस्ट बैंकको एक महिने ‘निक्षेप परिचालन योजना’
बिजनेसपाटी ९ जेस्ठ
एभरेस्ट बैंकले निक्षेप परिचालन योजना शुरुवात गरेको छ । बंैकको निक्षेपको आधार अझ मजबुत पार्नका लागी र वित्तीय समावेशीतालाई प्रोत्साहन गर्न बैंकले यस्तो योजनाको शुरुवात गरेको बताएको छ । जेठ १ गते देखि शुरु भएको यस योजनाको अवधि १ महिनाको रहनेछ ।
त्यस्तै समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्नका लागी यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५०% छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएतापनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न सक्नेछन् ।
एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया