एभेरेष्टले सुराकी गरेको समाचारले बैंकदेखि आन्तरिक राजश्व विभागसम्म खैलाबैला

काठमान्डौं  २८ जेस्ठ

गत साता जनाह्वान साप्ताहिकले ‘सरकारी डाटा सुटुक्कै भारत पुर्याउंदै एभेरेष्ट !’ शीर्षकको समाचार सार्वजनिक गरेपछि एभरेष्ट बैंकमा खैलाबैला मच्चिएको छ । एभेरेष्ट बैंक र पन्जाव नेश्नल बैंकबीच भएको ’टेक्निकल सर्भिस अग्रीमेन्ट’ नामक करारका आधारमा एभेरेष्ट बैंकसँग सम्बन्धित नेपाली नेता, व्यापारी तथा सरकारी कर्मचारीका गोप्य विवरणहरु भारतीय गुप्तचरहरुलाई सुराकी गर्ने गरेको समाचार बाहिरिएपछी बैंकले यस विषयमा कसरी बच्ने भन्ने आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ ।’

Fullscreen capture 6102016 64948 AM
आजको जनआह्वान साप्ताहिकमा खबर छ– धेरै समय गुपचुपनै बसेको यो बिषयमा एकाएक समाचार आएपछि बैंकमा खैलाबैला मच्चिएको हो । सत्यतथ्य बाहिर आए बैंकका ठुला कर्मचारीहरु फस्ने भएपछि बैंकभित्र यस विषयले ठुलै चर्चा पाएको हो । स्रोतका अनुसार समाचार सार्वजनिक भएपछि बैंकमा यो बिषयले नयाँ तरङ्ग ल्याईदिएको छ ।

शुक्रबार समाचार सार्वजनिक भए लगत्तै बैंकमा यो बिषयमा बैंकका उच्च तहका कर्मचारीबीच थुप्रै छलफल भए भने समाचार कसले मिडियामा दियो भन्ने चर्चा पनि चल्यो । पत्रकारलाई सुचना दिने कर्मचारीलाई बर्खास्त गर्नुपर्नेदेखि यस बिषयमा छानविन भए आफु फस्ने पक्का भएकाले त्यसको समाधान खोजिनुपर्ने भन्दै बैंकका उच्च पदस्थ कर्मचारीहरु यस बिषयमा छलफलमा रहे ।

उच्च तहका कर्मचारीलाई सीइओले थर्काए
बैंकले आफ्ना ग्राहकहरुका विवरण भारतीय गुप्तचरहरुलाई सुराकी गर्ने समाचार सार्वजनिक भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत एके अलुवालिया अहिले तनावमा छन् । आफ्ना ग्राहकको विवरण भारत पुर्याउने गरेको समाचार सार्वजनिक भएपछी यो कार्यमा पन्जाव नेशनल बैंकलाई सघाउँदै आएका सीइओ अलुवालियाले बैंकका अनुसन्धान विभागका प्रमुख पूर्णबहादुर श्रेष्ठ, आइटी विभागका प्रमुख बिजयकुमार गौतम लगायतलाई ’यस्तो समाचार बाहिरिंदा समेत तपाइँहरु के हेरेरे बस्नुभएको छ, राजिनामा दिनुस्’ भन्दै थर्काएका थिए । स्रोतका अनुसार निकै तनावमा रहेका उनले बैंकका अन्य अरु कर्मचारीहरुलाई पनि थर्काएका छन् ।

यस अगाडी नै बैंकका केहि कर्मचारीहरुले जनाह्वान सँग कुराकानी गर्दै पहिलेदेखि नै बैंकले आफ्ना ग्राहकका विवरणहरु सुराकी गर्ने गरेको बताएका थिए । ’त्यो को कर्मचारी हो, पत्रकारसँग कुराकानी गर्ने ? हाम्रो आन्तरिक कुरामा बढी बोल्ने, त्यो पत्ता लगाएर त्यसलाई ’किक आउट’ गर्नुस् ।’ भन्दै सीइओ बैठकमा जंगीएका थिए । उनले बैंकका प्रवक्तालाई समेत समाचारका विषयमा सोधखोज गरेका थिए ।

बैंकले गर्ने गरेको कर्तुतका बारेमा समाचार बाहिरिएपछी अव कसरी अगाडी बढ्दा ठिक होला, नियमनकारी निकायले सोधेको खण्डमा के जवाफ दिने लगायतका विषयमा सीइओ र प्रवक्ताबीच कुराकानी भएको थियो । नियमत गोप्य राखिनुपर्ने ग्राहकको खाताको विवरण भारतस्थित एभेरेष्ट बैंकको जोइन्ट भेन्चर पार्टनर बैंक पन्जाव नेश्नल बैंकमार्फत भारतका गुप्तचरहरुले हेर्ने र त्यहि अनुसारको विभिन्न योजना बनाउने गरेको गोप्य कुरा सार्वजनिक भएपछि बैंकका सीइओले पन्जाव नेशनल बैंकसँग पनि सल्लाह गरी कसरी अगाडी बढ्ने भन्ने कुरामा छलफल गरेका छन् ।

शुक्रबार समाचार पढेलगत्तै उनले पन्जाव नेश्नल बैंकका सीइओसँग कुराकानी गर्दै नेपालमा ग्राहकका विवरणहरु भारतीय गुप्तचरसम्म पुग्ने गरेको कुरा ’लिक’ भएको बारे जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया