एमसिसी स्वीकार गर्ने संकेत

काठमाडौं, २३ पुस

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग (एमसिसी) सरकारले स्वीकार गर्ने संकेत गरेका छन्।

मंगलबार राष्ट्रिय सभाको सार्वजनिक सरोकार तथा समन्वयन समितिले आयोजना गरेको समावेसी विकास र समृद्धि विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन्। एमसीसीतर्फ संकेत गर्दै उनले वैदेशिक सहयोग राष्ट्रिय स्वार्थअनुकूल भएमा त्यसमा चिनिँया वा अमेरिकन बास्ना आयो भन्न नहुने बताए।

एमसिसी लिने नलिने भन्ने विषयमा सत्तारूढ सांसदबीचमै बहस तथा विवाद चलिरहेका बेला सरकारका प्रभावशाली मन्त्रीको यस्तो भनाइ आएको हो।

सो कार्यक्रममा बोल्दै पोखरेलले संविधानमा तीनै तहका काम परिभाषित गरिए पनि अहिले तीनै तहका गतिविधि सञ्चालन गर्न सकियो या सकिएन भनेर समीक्षा गर्दा अझै पनि राम्रोसँग काम हुन नसकिरहेको बताए। ‘अहिले पनि एउटै तहको सरकारको जस्तो बजेटमा कार्यक्रम प्रस्तुत गरिएको छ।

बजेट बिनियोजन गरिएको छ,’ उनले भने। स्थानीय तहले गर्ने काम पनि केन्द्रीय सरकारले गर्ने काममा समेटिएको अवस्था रहेको भन्दै उनले यस्तो परिपाटी सधै रहन नहुने बताए। उनले प्रणालीसँग मिल्ने कुरा सोअनुसार गर्दै नजाने हो भने सबै चिज गतिका साथ अगाडि बढ्न नसक्ने दाबी गर्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गरे।नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया