एमालेमा यस्तो छ डरलाग्दो गुटबन्दी

काठमाडौं ५ असार
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेमा औपचारिक रुपमा दुई गुट देखिए पनि त्यसभित्र उपगुट सक्रिय रहेका पाइएको छ ।

पार्टीभित्र र गुटभित्र पनि आफ्नो शक्ति बढाउन र बार्गेनिङका लागि विभिन्न नेताको नेतृत्वमा गुट उपगुटहरु सक्रिय गरेको पाइएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्नो गुटलाई थप क्रियाशील बनाउँदै लगेका छन् ।

संस्थापनसँग असन्तुष्ट पक्षको नेतृत्व परिष्ठ नेता नेपालले गर्दे आएका छन् । तर त्यसका पनि थुप्रै उपगुटहरु सक्रिय छन् । ओली नेतृत्वको संस्थापनलाई काउन्टर दिन वरिष्ठ नेता नेपालले नवौं महाधिवेशनमा आफूतिर लाग्नेको नेतृत्व गरिरहेका छन् । तर, संस्थापन र नेपाल समूहभित्रै पनि एक दर्जनभन्दा बढी उपगुट सक्रिय छन् ।

एमालेमा मूलतः विचार र सिद्धान्तका हिसावमा खासै विवाद छैन । नीति, विचार र सिद्धान्तमा मतान्तर नभए पनि पार्टीभित्र र गुटभित्र पनि आफ्नो पकड जनाउन गुटउपगुट बनेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया