एमालेले माग्यो निर्वाचन कार्यतालिका

काठमाडौं २९ कात्तिक ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीनवटै तहको निरेवाचन कार्यतालिका सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आफ्नो नेतृत्वको अघिल्लो सरकारले पेस गरेको कार्यतालिका अलपत्र परेको भन्दै एमाले सांसदले सरकारसँग नयाँ कार्यतालिका माग गरेका हुन् ।

संसदको राज्यव्यवस्था समितिको बैठकमा एमाले सांसदहरु सज्ञराज सुनुवार, गंगालाल तुलाधर लगायतले सरकारले तीनवटै निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गरी निर्वाचन तयारीमा लाग्न माग गरेका हुन् । सांसद सुनुवारले फाष्ट ट्र्याकबाट निर्वाचन सम्वन्धी बिधयेक पारित गरी निर्वाचनमा जुट्न आग्रह गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया