एमाले अध्यक्ष ओलीको चीन भ्रमण रद्ध

काठमाडौँ २१ मंसिर

एमालेका अध्यक्ष केपी ओलीको  चीन भ्रमण रद्द भएको छ । बिहीबार ओली चीन जाने कार्यक्रम भएपनि देशको विकसित राजनीतिक घटनाक्रमले उनको चीन भ्रमण रद्ध गरिएको एमाले स्रोतले बतायो।  बिहीबार चीनको हेवेई प्रान्तमा हुने इमर्जिङ मार्केट फोरमको सम्मेलनमा सहभागी हुन ओली चीन जाने कार्यक्रम थियो। स्रोतका अनुसार ओलीको साटो एमाले महासचिव ईश्वर पोखरेल चीन जाने भएका छन्। सो सम्मेलनमा कांग्रेस नेता रामशरण महत, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेता पनि चीन जान लागेका छन्।  एउटा नेपाली साँस्कृतिक टोली पनि सम्मेलनमा आफ्नो प्रस्तुति देखाउन चीन जाने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया