एमाले अध्यक्ष ओलीले भने-“केही अराजक व्यक्तिले भन्दैमा संविधान संशोधन हुँदैन” ।

काठमाडौं ११ अशोज
एमालेका अध्यक्ष केपी ओलीले केही अराजक व्यक्तिले भन्दैमा संविधान संशोधन नहुने बताएका छन् । ओलीले भने “संविधान मानेपछि मात्रै संविधान संशोधन हुन्छ, सोच्दै नशोची कसरी संविधान संशोधन हुन्छ ? दुई चार जना अराजक व्यक्तिले भन्दैमा संविधान संशोधन हुँदैन”।
उनले बुधबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा कसैलाई चित्त बुझाउनकै लागि संविधान संशोधन गर्न नसकिने समेत स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया