एमाले अध्यक्ष केपी ओलीले भने-“काँग्रेस कुँडो खाएर अघाएको भैंसी”

काठमाडौं १० अशोज
एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसलाई कुँडो खाएर अघाएको भैंसीको संज्ञा दिएका छन् ।
मुलुकमा केही भएकै छैन जसरी चुपचाप वस्नुले काँग्रेस पार्टी कुँडो खाएर अघाएको भैंसीभन्दा फरक नदेखिएको ओलीले बताए । नेकपा एमालेको प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटनका क्रममा ओलीले नेपाली काँग्रेस अहिले कालिदासको नाटकमा शकुन्तला बेहोसी बनेजस्तै देखिएको समेत बताए ।
उनले देशको सबैभन्दा ठूलो पार्टीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, संविधान संशोधन, संविधान कार्यान्वयन लगायतका विषयमा कुनै टिप्प्णी नगर्नु आश्चर्यको विषय भएको बताए ।

ओलीले छिमेकी मुलुक भारतमाथि नेपालमा विकास हुन नदिने र अस्थिरता कायम गर्न डरलाग्दो खेल खेलिरहेको आरोप लगाए । विभिन्न संस्था र दलहरुलाई प्रयोग गरेर भारतले नेपालको विरुद्धमा षड्यन्त्र गरिरहेको ओलीको आरोप छ । ओलीले मधेशवादी दलहरुले यसअघि गरेको आन्दोलन र मधेशवादी दलहरुले अगाडि सारेका संविधान संशोधनका विषय प्रायोजित भएको भन्दै प्रायोजित विषयका पछाडि लाग्दा मुलुकको हित नहुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया