एमाले अभियानले चुनावको माहोल, कसरी अघि बढ्ने ?

कालिदास बहादुर राउत क्षत्री
वर्तमान सरकाले संविधानको पूर्ण कार्यान्वयनको निम्ति स्थानीय निर्वाचनको वातावरण बनाउन असमर्थ रहेको र संविधान प्रति मधेसी मोर्चाको भ्रम चिर्न नसकिरहेको बेला प्रमुख प्रतिपक्षि दल एमालेले यही फागुन २१ गते देखि मेची महाकाली राष्ट्रिय अभियान भव्यताका साथ पूर्वको विर्तामोडबाट सुरु गरेर अगाडि बढीरहेको छ । १५ दिने राष्ट्रिय अभियानको दर्वियानमा तराईका २२ जिल्लालाई समेटने गरी ३५ स्थानमा आमसभाको आयोजना गरीरहेकोछ । पूर्वको सिमाना काकडभिट्टाबाट सुरु भएको एमालेको यो राष्ट्रिय अभियान ६० किलोमिटर यात्रा तय गर्दै पार्टी अध्यक्ष के.पी.ओली को गृहनगर दमक पुग्यो । उद्घाटन दिनमै काकडभिट्टा र विर्तामोडमा दुईवटा सभा सम्पन्न गरेर दमक पुगेको थियो । चीनमा उहिले माओत्सेतुङको नेतृत्वकालमा लङ मार्च गरेको जस्तै ओली नेतृत्वमा पूर्व पश्चिम मार्चपास जारी छ । मार्च पासमा एमालेका केन्द्रिय नेताहरु अध्यक्ष सहित पूर्व अध्यक्ष द्धय माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, पूर्वसभामुख सुवाश नेम्वाङ, सचिवहरु योगेस भट्टराई, गोकर्ण विष्ट, प्रदिप ज्ञवाली, अमृत कुमार बोहरा लगायत एकहजार जति नेता कार्यकर्ताहरु अभियानमा सधै सरिक छन ।

विभिन्न आमसभामा एकलाख जनता सर्दर सहभागी भएका छन । कार्यक्रम भएकै क्षेत्र तथा प्रदेशको जातिका भेषभुषाका सांस्कृतिक सहितको झाँकीहरु प्रदर्शित छन । एमालेले सुखानी सहिद स्मृति दिवसको अवसर पारेर सुरु गरेको संविधान कार्यान्वयनको अचुक अस्त्रलाई हृदयङगम गर्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले सोहि दिन प्रतिकृया व्यक्त गर्दै भनेका छन । प्रमुख प्रतिपक्षि एमालेले गलत समयमा मेची महाकाली अभियान संचालन गरेकोले मधेसमा द्धन्द निम्तिने चेतावनी दिएका छन । मधेसका जनतामा आक्रोश छ, आन्दोलित छन, एमाले मधेसमा पस्न हुदैन थियो । संविधान जारी गरेझै बलजफति चुनाव गर्न खोजे देशमा रक्तपात मच्चिनेछ, संविधान संशोधन प्रस्ताव पारित नगरी चुनाव गर्न खोजेमा कुनै पनि चुनाव नेपालमा संभव छैन, नेता महन्थ ठाकुर लगायतका पृथकतावादी नेताहरुको रटान छ । नेता ठाकुर भन्छन–पुनः संरचना गर्दा जनसंख्यालाई ध्यान दिइएन, ५१ प्रतिशत जनताले ३५ प्रतिशत पाउने अवस्था छ, तर ४९ प्रतिशत पहाडियाले ६५ प्रतिशत पाउने भएका छन, यो अबैज्ञानिक र अव्यवहारिक छ, यस्तो नसच्याई चुनाव गर्नै दिन्नौ । राजनीतिक पर्यवेक्षकहरुको चाहि यस्मा के विस्लेषण छ भने– कास्मिर जस्तो द्धन्दग्रस्त क्षेत्रमा आवधिक चुनाव सम्पन्न भैरहेका छन भने नेपाल जस्तो शान्त भूमिमा सरकारले चाहेन भने मात्रै चुनाव हुदैन ।
एमालेले संविधान कार्यान्वयनका खातिर रामवाण जस्तो अभियान सुरु गरेपछि मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकार विस्थापन गरेर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाएपछि मधेसी मोर्चा पनि सरकारमा सामेल हुने चुनावमा भाग लिने भन्न थालेका छन । नेपाल विखण्डन गर्नका लागि पटनामा मोर्चा सहितका, पृथकतावादीहरुको बैठक वसी तालिम र प्रशिक्षण दिएको सूचना प्रचण्ड सरकारलाई अवगत भएर पनि वेवास्ता गरीरहेछ । प्रमुख प्रतिपक्षि दलका नेताको कथन छ – संविधानमा भूगोल, जात, र मधेस पहाडका नाममा जनतामा भ्रम फिजाउने काम भएको छ । त्यसैलाई चिर्न मेचीकाली अभियान आवस्यक भएकोले यो अभियान चलाएका हौं । हामी संविधान–कानून मान्छौं, तर जनताको आदेश वाहेक अरु कसैको आदेश मान्दैनौं । राष्ट्रको एकता र समृद्धिको संकल्प गर्छौ, राष्ट्रियतालाई कमजोर बनाउने कुनै प्रयास मान्दैनौ–असफल पार्छौ, अध्यक्ष ओलीको संकल्प छ । अध्यक्ष ओलीको नेतृत्वमा चालु रहेको अभियान सप्तरी प्रवेश पश्चात राजविराजमा कुनै कार्यक्रम हुन नदिने, वाधा विरोध जारी राख्ने मधेसी मोर्चाको योजना बमोजिम लाठी जुलुस निस्केका छन, मसाल जुलुस र विरोध सभा र बन्द जारी छन । पुलिस प्रशासनलाई नागरिकको सुरक्षा गर्न कठिनाई भैरहेछ ।
एमालेको राष्ट्रप्रेमी कार्यक्रम विथोल्न पृथकतावादी मधेसी मोर्चालाई चुनौति भएको छ । यसप्रकार यो १५ दिन तराईमा हिंसा–प्रतिहिंसा घनिभूत हुने प्रवल संभावना देखिएको छ । कतै भूमिमा रगत पोखिएमा त्यसले रणसंग्राम निम्त्याउन पनि सक्छ । जनता सामु आफनो राजनीतिक लैजान पाउने नैसर्गिक अधिकारलाई अपहरण गर्ने कुत्सित ध्यय राखी मधेसी मोर्चाले एमालेलाई मधेस प्रवेशमा रोक लगाउने लाठी इट्टा प्रहार गरेर लखेटने, गोली चलाउने निति लिएको प्रष्ट देखिदैछ । सोहि प्रयोजनार्थ फागुन २५ मा जनकपुर बन्दको घोषणा गरेका छन । २४ गते जनकपुरमा लाठी र राँका बाल्ने भएका छन । गृहमन्त्री विमलेन्द्र निधि नै तराईमा हिंसा मच्चाउने अभिव्यक्ति दिदै आएका थिए । त्यसैले एमाले नेतृत्वले मधेसका नेता–कार्यकर्तालाई मैदान नछाडन र संयमित भएर अभियानको प्रचार–प्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ । पार्टीको निति मुठभेड गर्ने नरहेको र आफना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यस्को प्रतिवाद पार्टीले नै गर्ने भनेका छन । एमालेको अभियान कुनै राजनीतिक दल विरुद्ध लक्षित नभएको मधेसका जनतालाई एमालेको दृष्टिकोण बताउन केन्द्रित रहेको, मधसी मोर्चाको एजेन्डामा एमाले असहमत भएको, तर मधेसी जनताको मागको पक्षमा पार्टी रहेको एमाले नेतृत्व पंक्तिको कथन छ । एमालेको अभियान विथोल्न अपराधिक ढंगका हमला हुन थालेको महसुस गर्दै नेतृत्व पंक्तिले सरकार एवं मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गरेको छ । एमालेको अभियान कसैको धम्की, बन्द, हडतालबाट रोकिदैन, पूर्वघोषित कार्यक्रम भएकोले सुरक्षाको जिम्मेवारी सरकारको हो । एमाले मधेस विरोधी पार्टी होइन भन्ने भ्रम चिर्न यो अभियान चलाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया