एमाले निजगढको प्रथम नगरअधिबेसन मंसिर ११ गते हुने

विजनेसपाटी ३ मंसिर
एमाले निजगढको प्रथम नगरअधिबेसन यही मंसिर ११ गते हुने भएको छ । नगरअधिबेसन एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्रि केपि शर्मा ओलीले समुदघाटन गर्ने भएका छन । के कस्ता छन नगरअधिवेशनका कार्यक्रमहरु ? एमाले जिल्ला सदस्य एवं निजगढका समाजसेवी नारायणप्रसाद गौतमले विजनेसपाटीलाई आज सम्पन्न पत्रकार सम्मेलनको प्रेस विज्ञप्ती पठाउनुभएको छ । पढनुस् प्रेस विज्ञप्ती ।yemala

प्रेस विज्ञप्ति
नेकपा एमाले निजगढको प्रथम नगरअधिबेसन २०७३ मंसिर ११ लाई भव्यरूपमा सफल वनाउन हालसम्म गरिएका तयारी र आगामी कार्यक्रमहरूको जानकारी गराउने उदेश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
प्रथम नगरअधिवेशन समुऊद्धघाटन गर्न नेकपा एमालेका श्रद्धय अध्यक्ष एवम पुर्व प्रधानमन्त्रि क. केपि शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ ।
विशिष्ट अतिथिहरूमा स्थाई कमिटि क. मुकून्द न्यौपाने तथा २ नं. प्रदेश प्रमुख कं. सत्यनारायण मण्डल पोलिटव्यूरो क. नागेन्द्र चौधरि वारा , पर्सा , रौतहट , सर्ला्हि , मकवानपुर , चितवनका जिल्ला इन्चर्जहरू छन ।
अतिथिहरूमा वारा क्षेत्र नं. ६ का माननिय सभासद एवम पुर्व यूवा तथा खेलकुदमंन्त्रि क. पुरूषोत्तम पौडेल, २ नं. प्रदेसका सदस्यहरू र राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरू, उल्लेखित ६ वटै जिल्लाकमिटि हरूलाई निमन्त्रणा गरिएको छ ।
(कार्यक्रमलाई सव्य र भव्य बनाउन वाराका ६ वटै पार्टिक्षेत्रियकमिटिहरू जिल्ला जनसंगठन हरू निजगढ नगर अन्तर्गतका १३ वटै वार्डकमिटि हरू लाई पहिचान सहितको ऊपस्थितिका लागि अनुरोध गरियको छ।
(ठिक ११ बजे सिमरा बिमान एयरपोर्टमा अवतरंण हुनहुने अध्यक्ष कं वली लगाएतका अतिथि ज्यू हरूसंगै आ(आफ्नो साधन मोटरसाइकिल जिपकार सहितको र्या्लि उद्धघाटन स्थलमा सहभागि हून यूवासंघ नेपाल जिल्ला कमिटि वारा , पर्सा , मकवानपुर र निजगढका यूवाहरूलाई निमन्त्रणा गरिएको छ ।
खुल्लासभाको उद्धघाटन प्रमुख अतिथिवाट गर्दै सिमित वक्ताहरूको सुभकामना मन्तव्य सहित ,
नेपालको राष्ट्रिय राजनितिमा नेकपा एमाले र हाम्रो पार्टिका श्रद्धेय अध्यक्ष एवम पुर्वप्रधानमन्त्रि क. केपि शर्मा ओलीको अडानको प्रसंषा गर्दै वाहालाई निजगढ एमाले नगरकमिटिले सम्मान गर्ने कार्यक्रम रहेको छ ।
दिनको करिव ४ बजे उद्धघाटन सभा सम्पन्न गर्दै अध्यक्ष लगाएत अतिथिहरूको विदाइ गरिने छ ।
सांझ ६ बजेबाट करिव ३३५ नगरका पार्टि प्रतिनिधिहरूको सहभागितामा बन्दसत्र सुरू गर्दै राजनैतिक , आर्थिक प्रतिबेदन माथिको छलफल , अनुमोदन सहित पार्टिको बिधान र कार्य्विधिका आधारमा कमिटिको छनौट , सपथ ग्रहणपछि १२ गते बिहान ६ बजे सम्म कमिटिको घोषणा गरिने छ।
उल्लेखित नगर अधिवेशन लाई भव्यतापुर्ण सफल वनाउन यूवा , किसान , मजदुर , महिला , वुद्धिजिवि शिक्षक , विध्यार्थि ,कर्मचारि , उधोगि , व्यापारि , पत्रकार , कलाकार , सुरक्षा निकाय लगाएत सम्पुर्ण वर्ग , क्षेत्र र समुदायलाई हार्दिक आव्हान गर्दछौ ।

                                  नेकपा एमाले प्रचार प्रसार विभाग निजगढ
                                     वारा २०७३ र८ र ३ शुक्रवार

फेसबुकबाट तपाईको प्रतिक्रिया