एमाले बारा अध्यक्षमा सुन्दर विश्वकर्मा

बिजनेसपाटी ८ कार्तिक

नेकपा (एमाले) बाराको अध्यक्षमा सुन्दर विश्वकर्मा विजयी भएका  छन् । आइतबार सम्पन्न भएको मतगणनामा २  सय २३ मत प्राप्त गरी विश्वकर्मा विजयी  भएका  हुन् । उनको निकटतम प्रतिद्वन्द्वी रवीन्द्र दासले १  सय ५८ मत प्राप्त गरेका थिए यसैगरी उपाध्यक्षमा देवनारायण चौधरीले २ सय १७ मत, सचिवमा एम. समिकल्लाहले १  सय ७६ मत र सहसचिवमा राजेन्द्र कलवारले १  सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।

७१  सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको मतदानमा १  सय ४८ जनाले उम्मेदवारी दिएका थिए । ४  सय २  मतदाता रहेको सो निर्वाचनमा ३  हजार ८४ ले मतदान गरेका थिए । मतदान कार्यक्रम यही कात्तिक ६ गते सम्पन्न भएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया