एम.भि दुगडले मनाए विवाहको ५० औ स्वर्ण जयन्ती

बिजनेसपाटी ३ जेष्ठ ।

उद्योगपति र कर्मचारीको सम्बन्ध नङ्ग र मासु जस्तै हुनुपर्छ भन्ने कुराको कथन कयौ पटक सुनिएता पनि वास्तविकतामा यसको ज्वलन्त उदाहरण दिए एम.भि. दुगड़का कर्मचारीहरुले दिएका छन् ।
जीतपुर सिमरामा बैसाख २१ गते शनीबारको दिन एउटा अनुपम र ऐतिहासिक कार्यक्रम भयो । एम भि दुगड ग्रुप अन्तर्गतका ३८ शाखाहरुको कर्मचारीहरुले संयुक्त रुपमा आफ्नो अध्यक्ष र उहाँको धर्म पत्नीको ५० औं वैवाहिक स्वर्ण जयन्ती समारोहका निम्ति दुगड़ दम्पती लगायत सम्पूर्ण परिबारलाई श्रद्धा र प्रेम पुर्वक विशेष निम्तो दिए । यस निम्तोलाई स्वीकार्दै आफू, आफ्नो श्रीमती, छोरा,बुहारी, नातीहरु लगायत सम्पूर्ण परिबार सहीत जीतपुर सिमरामा अवस्थीत दुगड़ कार्यालय प्राङ्गणमा पाईला टेक्ना साथ भव्य पंडाल, गाजा–वाजा, वग्गि सहित उनको भव्य स्वागत गरियो । कार्यक्रममा दम्पतीको वरमाला सहित पुनह विवाहको कार्यक्रम सँग–सँगै करिब सात घण्टाको सांस्कृतीक कार्यक्रम रहेको थियो ।
कार्यक्रममा हाल कार्यरत करिब ८५० कर्मचारीहरु, उनका परिवार, जीतपुर सिमरामा रहेका भुतपुर्व कर्मचारी र उनका परिवार सहभागी भई हर्ष उल्लासका साथ सबै जना त्यही प्राङ्गणमा रात्री विश्राम पनि गरे । कार्यक्रम दुगड़ ब्रदर्श एण्ड सन्स प्रा.लि का शिनियर जनेरल म्यानेजर वेद प्रकाश शर्मा ज्यूको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन एम.भि दुगड़ ग्रुपकी पि.आर हेड विमला थापाले गरेकी थिईन ।
मोतीलाल दुगड़ र छोरा विवेक दुगड़ले कर्मचारीहरुलाई यस्तो अभुतपूर्ब माया ऐतिहासीक ,सम्मान पाएकोमा आफ्नो व्यापारीक र औद्योगिक ५० बर्षको यात्रा सफल भयो भन्ने मार्मिक उद्गार प्रकट गर्नुभयो । समारोहका अंन्तमा एम भि दुगड ग्रुपबाट रात्री भोजको आयोजन गरीयो ।
यसै कार्यक्रमबाट उत्साहीत भई एम भि दुगड अन्र्तगतका काठ्माण्डौका हाईड्रोपावर र अटोमोवाईल्सका कर्मचारी गणहरुले पनि अब द्रोस्रो चरणको कार्यक्रम काठमाण्डौंमा गर्ने घोषण गरेका छन् । जसमा दुगड़ज्यूको सम्पूर्ण परिवार पुनः उपस्थित हुनेछन् ।
कर्मचारीले आफ्ना अध्यक्षको ५०औं विवाहको स्वर्ण जयन्ती यति सनदार रुपमा मनाइएको संभवत नेपालको इतिहासमा यो पहिलो पटक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया