एसइर्इ परीक्षा सकेका विद्यार्थीलार्इ चन्द्रागिरि केबलकारको उपहार

काठमाडौं ११ चैत्र 
 माध्यामिक शिक्षा परीक्षा (एसइर्इ) दिएका विद्यार्थीका लागि चन्द्रागिरि हिल्सले ३ सय रुपैयाँमा केबलकार चढ्न पाउने योजना ल्याएको छ।
 चैत मसान्तसम्मका लागि मात्रै यो सुविधा लागु हुने कम्पनीले जनाएको छ । यो सुविधा पाउन परीक्षार्थीले प्रवेशपत्र अनिवार्य रुपमा देखाउनुपर्ने कम्पनीले जनाएको छ ।  विद्यार्थीले थानकोटस्थित टिकट काउन्टरमा टिकट लिनुपर्ने कम्पनीले जनायो । कम्पनीका अनुसार यो सुविधा लिने विद्यार्थीले अन्य छुट पाउँदैनन् ।
ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया