ऐश्वर्या रायलाई ९ कक्षामै मोडलिङको प्रस्ताव

एजेन्सी १६ भदौ  ।
बलिउडका धेरैजसो स्टाहरुले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेका छन् । कतिपय स्टार्स ¥याम्पमा अवस्था बिग्रदा पनि फिल्म निर्माताको रोजाईमा परेका छन् । फेसनको संसारमा नाम कमाएपछि कतिपय कलाकारले बलिउडमा सानदार प्रवेश पाएका छन् । ऐश्वर्या राय, कैटरिना केफ, दिपिका पादुकोण यी सबैले फेसनबाटनै आफ्नो रवाफ जमाउन सफल भएका हुन् ।
ऐश्वर्या रायलाई ९ कक्षा हुँदा नै मेडलिङको प्रस्ताव आएको थियो ।
बाल्यकालमा आर्किटेक्ट बन्ने सपना बोकेकी ऐश्वर्याको मन पछि गएर मोडलिङतर्फ गयो । उनलाई मोडलिङको पहिलो प्रस्ताव क्यामलिन कम्पनीबाट आएको थियो । पछि उनले कोक, फूजी तथा पेप्सीका लागि पनि काम गरिन् र पढाइलाई पनि निरन्तरता दिइन । मोडलिङमा लाग्दा लाग्दै उनले १९९१ मा सुपरमोडल प्रतिस्पर्धा जितिन् ।
यसपछि १९९३ मा अभिनेता आमिर खानसँग उनल पेप्सीको विज्ञापनमा खेलिन र चर्चित पनि भइन् । १९९४मा मिस वल्र्डको उपाधी जितेपनि उनको संसारनै फरक भयो । त्यसपछि उनले १९९७ बाट इरुवर नामक फिल्मबाट फिल्मी दुनियाँमा आफूलाई प्रवेश गराइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया