ओम डेभलपमेन्ट बैंकको कमाई १९ करोड २ लाख

बिजनेसपाटी ५ माघ 

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंक लिमिटेडले १९ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  ओम डेभलपमेन्ट बैंक हाल मनास्लु विकास विकास बैंकसंग मर्जर प्रक्रियामा छ।  पुष मसान्तसम्म आइपुग्दा ओम डेभलपमेन्ट बैंकले १२ अर्ब ९८ करोड निक्षेप संकलन गरि ११ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ। त्यतै यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात सिडी रेसियो ७७.६७ प्रतिशत छ भने तरलता अनुपात २३.१३ प्रतिशत छ।  राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनका लागि बैंक १८ करोड चुक्ता पुंजी भएको गोर्खामा मुख्य कार्यलय रहेको मनास्लु विकास बैंकसंग मर्जर प्रक्रियामा रहेको छ।   एक आपसमा गाभिने सहमति अघि नै ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाइबाट २९ दशमलव २० प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ भने मनास्लुले करसहित १८ दशमलव ९५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ।

मर्जपछि बन्ने ओम डेभलपमेन्ट बैंकको चुक्ता पुंजी १ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ। त्यस्तै १३ अर्ब ९८ करोड निक्षेप पुग्ने छ भने १२ अर्ब ६१ करोड कर्जा प्रवाह पुग्ने छ। शाखा संख्या समेत ३६ पुग्ने छ।  हाल ओमको चुक्ता पुंजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने मनास्लुको चुक्ता पुंजी १८ करोड ३५ लाख रुपैयाँ रहेको छ।   राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनका लागि बैंकले मनास्लुलाई गाभेपछी कायम चुक्ता पुंजीबाट ३० प्रतिशत हकप्रद दिने तयारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया