ओम मेगाश्रीकोआईपीओबाट १५ करोड भन्दा बढी उठ्यो

काठमाडौं ६ फागुन २०८१ । नेपाली औषधि उत्पादन उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि लक्षित गर्दै खुलाएको आईपीओबाट १५ करोड भन्दा बढी उठाएको छ । उद्योगको पछिल्लो विवरण अनुसार उद्योगले १५ करोड ५३ लाख १७ हजार रुपैयाँ उठेको हो । १५ लाख ५३ हजार १७० कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका ५६ हजार ३३९ जनाले आवेदन दिएका दिएको र ओम मेगाश्रीको आईपीओमा आवेदन परेको यो संख्या मागभन्दा बढी रहेको पनि उद्योगको भनाई छ ।
सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो । सर्वसाधारका लागि कम्पनीको १८ लाख कित्ता सेयर जारी हुनेछ । जसमध्ये वैदेशिक रोजगारमा रहेकाहरूका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
उद्योगले ५ प्रतिशत कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया