ओरालो लाग्यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरमा

बिजनेसपाटी २० असार

आज मंगलबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै घटेको छ  । आज नेप्से परिसूचक ३.०१ अंकले घटेर १५४१.२८ को बिन्दुमा आएर रोकिएको छ  । आज कुल १४२ कम्पनीका ६ लाख ६४ हजार २ सय ९१ कित्ता शेयर खरिद बिक्रिबाट ३५ करोड ५९ लाख ७६ हजार ४ सय ९० रुपियाँको कारोबार भएको छ  । रकमसँगै खरिद बिक्री हुने शेयर संख्यामा समेत आज गिरावट आएको छ।

सबै भन्दा धेरै आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ करोड ५१ लाख बराबरको कारोबार भएको छ भने अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, सेन्चुरी बैंक, कुमारी बैंक, सानिमा बैंक रहेका छन्  ।

आजको कारोबारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ९ प्रतिसत कमाएका छन्  । त्यस्तै  सिर्जना फाइनान्सका लगानीकर्ताले ६ प्रतिसत जस्तो  गुमाएका छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया