ओलम्पिकमा प्रतिश्पर्धाकै दौरान इरानी साइक्लिष्टको मृत्यु
काठमाडौँ २ असोज
रियो ( एजेन्सी)-पारा ओलम्पिकको क्रममा साइकल दूर्घटनामा इरानी साइक्लिष्टको निधन भएको छ। ४८ वर्षिय वहमान गोल्बर्नेजाद शनिबार डाउनहिल स्लोपअन्तर्गत सी ४–५ स्पर्धामा भाग लिदै थिए। उनी स्लोपबाट लडेपछि एम्बुलेन्सको सहयोगले रियोस्थित बारा अस्पताल पुर्याइएको थियो। त्यही उनको मुटुको धड्कन बन्द भएपछि निधन भएको आयोजक समितिले बताएको छ।
गोल्बर्नेजादले ४ वर्षअघि लन्डनमा सम्पन्न पारा ओलम्पिकमा दौड पुरा गरेका थिए। उनको निधनले पारा ओलम्पिक परिवार स्तब्ध भएको अन्तर्राष्ट्रिय पारा ओलम्पिकका अध्यक्ष सर फिलिप्स कार्भनले बताएका छन्। ‘यो साच्चै नै स्तब्ध बनाउने घटना हो। यो दुखद परिस्थितिमा पारा ओलम्पिक अभियानमा रहेका हामी सबै वहमानको परिवार, उनका साथी र इरानको पारा ओलम्पिक परिवारसँग उभिएको विश्वास दिलाउन चाहन्छु,’ फिलिप्सले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया