ओलीमाथि नै आपत आइलागेपछि…
काठमाडौं ५ अशोज
बैठक, छलफलहरुमा सबैलाई उखान र तर्क हालीहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए, त्यसो पो रहेछ ? मलाई त पत्तै थिएन ।’
प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको क्षणको हो । ओलीले चेतावनीको स्वरमा भने, ‘अरु जे गरे पनि हामीले गरेको राम्रो काम उल्टाउनतिर चाहिँ नलाग्नु होला ।’
प्रधानमन्त्रीको छेउमै बसेका ऊर्जामन्त्री जनार्दन शर्माले तुरुन्तै प्रतिवाद गरे, ‘कुन राम्रो काम ? ढल्केबरमा स्विच थिचेर बत्ती बालेजस्तै राम्रो काम हो ? इण्डियाबाट १० रुपैयाँ प्रतियुनिटमा बिजुली किन्ने अनि यता ८ रुपैयाँमा बेचेर प्राधिकरण डुबाउने खालको ? यस्तै ‘राष्ट्रवादी निर्णय नउल्टाउनु भन्नुभएको हो ?’
यसरी जर्नादनले अँठ्याएपछि हो ओलीले अनभिज्ञता प्रकट गरेको । हुन पनि इञ्जिनियरहरुले कुन स्वार्थमा के भन्छन्, त्यही त गर्ने हो हाम्रा नेताहरुले ! अलिक ढिला पुगेका नेता जनार्दन शर्माले दुवै प्रम भएको ठाउँमा प्रष्ट पारे– एउटा कुरा भन्छु, भूपूज्यूलाई सायद थाहा छैन होला ।
हामीले तपाईंले स्विच थिचेका दिनदेखि भारतलाई मासिक १ अर्ब २० करोड तिर्नुपरेको छ । म अस्ति ढल्केबर पुग्दा यो कुरा थहा पाएँ । ढल्केबर–कजफपुर प्रसारण लाइन एउटा प्राइभेट कम्पनीले बनाइदिएको हो । उनल हामीसँग त्यसको भाडा असुल्दै छ ।
यति सुन्ने के थियो, अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले आश्चर्य दर्शाउँदै साधे, ‘ए त्यो हो र ! यससम्बन्धी तपाईसँग केही डकुमेन्ट छ ?’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया