औषधी उत्पादनमा ध्यान दिए अर्थतन्त्र चाँडो सुधार हुने

काठमाण्डौ १९ फागुन २०७९

अहिले नेपालको अर्थतन्त्र संकटमा पुगेको छ । अर्थमन्त्रालयले चालु र पुँजिगत बजेट कटौती गरिरहेको छ । डलर संचिती पनि घटेको छ । यही कारण सरकारले विलासि बस्तुको आयातमा कडाई गरेको छ । तरपनि अर्थतन्त्रले आकार समाउन सकिरहेको छैन । आधारभुत आवश्यकताका बस्तुहरु विशेष गरि औषधी र खाद्यान्न आयात नियमित नै छ । यसले नेपालको व्यापार घाटा बढाउनुका साथै डलर संचितीमा समेत असर परेको बताउदै फार्मासिस्ट लक्ष्मीनारायण न्यौपानेले नेपालमा औषधी र कृषि उत्पादनमा विशेष काम गर्नु पर्ने बताउनु भयो । नेपाल फार्मास्यूटिकल एसोसिएसनको नयाँ कार्य समिति चयनको लागि भएको भेलाका लागि काठमाण्डौंमा भएको छलफलमा न्यौपानेले सो कुराको उठान गर्नु भएको हो ।

यही फाल्गुण २० गते राजधानीमा हुने उक्त कार्यक्रमको लागि देशभरवाट फार्मेसी संचालकहरु काठमाण्डौंमा जम्मा भएका छन् । यो भेलाले नयाँ कार्य समिति चयन गर्नेछ, न्यौपानेले पत्रकार भेटघाटका क्रममा बताउनु भयो । नेपालको औषधी क्षेत्रको पुरानो संगठन नेपाल फार्मास्यूटिकल एसोसिएसन आधुनिक प्रविधिमैत्री र समयसामयिक मुद्दा केन्द्रीत नहुँदा अन्य संगठनको अगाडी कमजोर बनेको न्यौपानेको भनाई छ । यो पटक २०२८ साल देखिको विरासत बोकेको संगठनलाई जिवन्त बनाउन आफु उपाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदारी दिएको न्यौपानेले पत्रकार भेटमा बताए । औषधी उत्पादन बढाएर देशको आर्थिक अवस्थालाइृ पनि टेवा दिन सकिने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया