कतार एअरवेज नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पत्र

बिजनेसपाटी २२ जेष्ठ ।
रमदान र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पत्र गरेको छ । अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागी यो कार्यक्रम आयोजना गरिएको थियो ।
होटल अन्नपूर्णमा भएको यस कार्यक्रमको उदघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गर्नु भएको थियो । यस कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागी म्युजीकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए । यस कार्यक्रममा सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो ।

ईदको अवसर पारी सी.एस.आर. कार्यक्रमद्वारा बालबालिकाहरुको मनोरञ्जन दिने यो एक प्रयास हो भनी इमामले यस प्रेस विज्ञप्तीद्वारा जानकारी दिनु भयो ।

संस्थागत सामाजिक उत्तरदायित्व कतार एयरवेजको अभिन्न अंश हो। यसले इएसी कार्यक्रम पनि गर्दै आएको छ जसमा विभिन्न कारणले अध्ययनबाट वञ्चित बालबालिकालाई पढ्ने –लेख्ने अवसर दिन्छ । एयरवेजले अर्विससंग पनि सहकार्य गर्दछ जस्ले अन्धोपन विरुद्घ आँखा सम्बन्धी विशेषज्ञलाई लिएर विभिन्न १२ वटा मुलुकमा सक्रियताका साथ काम गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया