कतार जाने ७५ प्रतिशतले घटे

काठमाडौं -२० असार

आतंकवादलाई समर्थन गरेको आरोपमाा छिमेकी मुलुकहरुले नाकाबन्दी लगाए पछि कतार जाने नेपाली कामदारको संख्या ७५ प्रतिशतले घटेको छ ।

नेपाली युवाका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तब्य मध्ये कतार पनि एक हो ।

अहिलेसम्म कतारमा कार्यरत कोही पनि नेपाली समस्यामा नपरे पनि यहाँ जाने कामदारहरुको संख्या भने दिनहुँ घटिरहेको छ ।

नाकाबन्दी लगाउनु अघि दैनिक औषतमा चार सय कामदार कतार जाने गरेको अहिले यो संख्या एक सयमा रोकिएको हो ।, यो खबर आजको नागरिकदैनिकमा  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया