कति छन् नेपालका बैंकहरुसंग प्रतिबन्धित भारु ?

बिजनेसपाटी २७ कार्तिक ।
नेपालका  बैंक वित्तीय कम्पनीहरुसंग भारु ५०० र १००० का नोट साढे ३  करोड रुपैयाँ बराबर मात्र रहेको जानकारीमा आएको  छ ।
सबै वित्तीय कम्पनी एवं भारु साट्ने अनुमति पाएका मनी चेञ्जर, होटल, ट्राभल एजेन्टहरुले आफुसँग उक्त दरको त्यति नोट रहेको राष्ट्र बैंकमा रिपोर्टिङ गरेका हुन् ।
नेपाल–भारत वीचको खुला सिमाना, दुई देश विचको नागरिकहरुमा वैवाहिक सम्बन्ध, अनौपचारिक व्यापार, रोजगारी, पेन्सन, पर्यटन व्यवसाय, शिक्षा, औषधी उपचार आदिका कारण बैंकिङ्ग प्रणाली बाहिर पनि भारतीय ५ सय र १ हजार दरका नोट रहेको चेम्बरको दाबि  भने छ।
‘बिहिबार साँझ सम्ममा प्रणाली भित्र कति भारु छ भन्ने रिपोर्टिङ भइसकेको छ, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले भने- ती नोट व्यवस्थापनका लागि कुटनीतिक पहलमा छौँ।’
उनले भने ‘भारतबाट सटही सुविधा पाउने ग्यारेन्टी भने आएको छैन, उनले भने- निचोडमा पुगेपछि सर्वसाधारणलाई जानकारी दिन्छौँ।’
नेपालीले प्रति व्यक्ति २५ हजार रुपैयाँसम्मको ५०० र १००० भारु नोट बोक्न पाउँछन् । त्यसैले एक जना बराबर कम्तिमा त्यति रकमको सटही सुविधा दिन राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक एवं नेपाल स्थित भारतीय दूतावास मार्फत भारत सरकारलाई अनुरोध  गरिसकिको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया