कथा- यात्रामा एकदिन ।

सदिप कुमार लम्साल
झरीको दिन , अरु दिन त बिहान छिटो नउठ्ने म पानी परेको दिन सुत्नु मज्जै बेग्लै हुन्छ , पानी परेको बेला गाउको घरमा टिनको छानो मुनि सुत्त्दा जस्तो मजा नभएनी झ्याल हल्का खोलेर झरीको चिसो अनुभव गर्दै सुत्न सार्है मज्जा लाग्छ
घडी हेरेको 10 बजिसकेछ , जुरुक्क उठे ,हिजो को लोकलले टाउको भैराथ्यो । नुहाइ धुवाइ गर्न अल्छी लाग्यो मुख धुनलाइ बाथरुम छिरेको धारामा पानी नै आको रैनछ , महिनापिच्छे  पानीलाइ भनेर अलग्गै पैसा दिनपर्छ चाइएको बेला पानी पनि दिदैनन । घरबेटिलाइ सम्झिदै मुर्मुरिय ।लामो समय देखि कोठा सर्ने मुड नचलेको नि हैन तर के गर्नु भन्ने बित्तिकै कोठा कस्ले दिन्छ र ? अझै आज्काल त एक्लै बस्ने केटा मान्छे भनेसी त कोठै पाउन गार्हो ।
लामो सुस्केरा हाल्दै आँखा मिच्दै कोठामा आए , मोबाइल हेरेको १० मिस्कल र एउटा मेसेज आएर बसेको रैछ , हेरेको घरबाट २ अफिस बाट २ अनि अनि यामले पोखरा बाट गरेको रैछ ।मिस्कल को वास्ता नगरी मेसेज हेरे : साले फोन उठाउन्न्स आज पोखरा आउने भनेको हैन ?? मेसेज्ले झसङ्ग बनायो हिजो बेल्का किर्तिपुरको टसिदेले खाजा घरको लोकलको तालमा यामे लाई खत्रै गफ पेलिएछ। भोलि 1 बजे सम्म पोखरा आउछु भनेको याद आयो । हैट ! काम न काज गफै लाइएच ।
बाहिर हेरेको पानी पर्न बन्द भैसक्या रैछ ।pokhara
पोखरा नगएको नि धेरै भाको थियो त्यही माथी हिजो यामेलाइ हनेको गफ  , एक मनले पोखरा जाउन भन्ने लाग्यो ।
अफसिजन ले गर्दा अफिसमा खास्सै काम थिएन ,त्यही नि प्रकाश दाइलाइ फोन गरे दाइ एक दुई दिन घर गएर आउछु ,आमा हल्का बिरामी हुनुन्च रे भने । दाइले सजिलै स्वीकृति दिए ।प्रकाश दाइ अफिसका हाकिम हुन , 10 बर्ष देखि ठमेलमा ट्राभल एजेन्सि चलाएर बसेका थिए । दुख सुख पर्दा उनैलाइ भन्ने गर्छु , आफुले सक्ने सम्म सहयोग गर्छ्न।

पोखरा जाने निर्णय भएपछी यामे लाइ फोने गरे , हेल्लो नि नभनी गफाडी , खुब हिजो त दारुको तालमा पोखारा आउछु तलाई जोम्सोम लिएर जान्छु , दुई जना गोरि हरु नि छन , रमाइलो गर्नुपर्च भन्दै थिइस त कहाँ गए तेरा गोरिहरु भन्दै कड्केर बोल्यो ।
त्यस्को कुरो सुनेर आफैलाइ लाज लायो हत्तेरी खाको ताल्मा के के ठोकिएछ ।कुरोलाइ शान्त बनाउने मुड्ले , अरु कुरा छोड म आउदै छु आफिसको काममा थिय त्यही भएर फोने उठाइन भने , उता बाट ल छिटो आइज भन्दै बाइ नि नभनी फोन काट्यो ।
हतार हतार गर्दै ५० रुपिया हालेर किनेको जारको पानी जगमा खन्याए दात माजे , मुख धोए , भिजेको हातले कपाल मिलाए , फटाफट लुगा लगाए । घरबेटि दाइलइ जाँदै छु भन्ने खबर दिन यसो हेरेको घरमा कोहि रैछन , एउटा कागजमा म 1/2 दिन बाहिर जाँदै छु भनेर ढोकामा टास्दिए ।खबर गरेन भने राती गेट लाउनलाइ म नाआउञ्जेल मुर्मुरियर बस्छन । उनलाइ आफैले गेट नलाय सम्म चित्त बुज्दैन रे ।

नगाउ दोबाटो चोक मा माइक्रो कुर्ने को ठुलै भिड थियो ।बल्ल बल्ल एउटा माइक्रो आयो तँछाड मछाड गर्दै एकहुल मन्छे माइक्रो भित्र छिरे खलासी ले झ्याल बाट पछाडी सर्नु भन्दै मान्छेलाइ मिलायो म ढोकै नेर झुन्डिए । म सङगै एउटि १९/२० बर्षकी ठिटी टासिएर उभिएकी थिइ , घरी घरी उ तिर हेर्दा उ नाक खुम्च्याउदै अर्को तिर हेर्थी ।हिजो को गन्ध अझै आइराछ कि भनेर मुख ट्याम्म पारे । गन्च्याङ मन्च्याङ हुँदै माइक्रो बल्खु पुग्न लाग्यो । कन्डकटरले बल्खु छ भने  आगडी आउनु भन्यो पछाडी एक्दुइ जना चिच्याय ।।बल्खुमा उर्लेर सिधै चक्रपथको गाडी चडेर कलंकी गए ।बस बाट उत्रन नपाउदै दाइ , नारायण गढ , दाइ पुर्ब , दाइ पश्चिम जाने हो एक सिट खाली भन्दै बसका स्टाफ हरु पछि लाग्दै थिए तिनलाइ वास्तै नगरी सरासर अगाडि बढे ।
पोखराको माइक्रो स्ट्याण्डमा पुगेर टिकेट काटे २ बजे छुट्ने तालिका रहेछ घडी हेरेको १ बज्दै थियो. टिकेट लिएर सिधै सिट्मा गएर बसे । छेउको सिट्मा पहिल्यै एउटि २१/२२  बर्षकि देखिने कपाल कर्ली भएकी युवती बसेकी रैछे । यो बाटो , यस्तै राजमार्ग हरुमा कति यात्रा गरियो तर कहिल्यै आफ्नो सिट सङ्गै केटि मान्छे सङ्ग परेको थिन । उसलाई देख्ने बित्तिकै मनमा कसो कसो बोली हालौ भन्ने भो ।।फिल्ममा जस्तै हाइ ! आइ एम फलानो भन्न मन लाग्यो तर फिटिक्कै आँट आएन ।कसरी बोली को सुरुवात गर्ने होला भन्ने सोच्दै थिए मोबाइल बज्यो ।हत्पत महिनौ पछि मोबाइलमा घण्टी आए जसरी फोन निकाले त्यही यामेको रैच ।फेरि हेल्लो भन्न नपाउदै एइ गफाडी मुन्टिन्नस त आज भन्यो ?? आवाज बाहिर सुनियछ्की  भन्ने लागेर भोलुम घटाए । म आउदै हो भन्नै नपाउदै तेरो दारु गफ यस्तै हो भन्दै फोन काट्यो ।
मनमन्ले साले कुरै सुन्दैन भन्दै गलि गर्दै फोन गोजिमा राखे।
के गरौ कसो गरौ भो .. छड्के नजरले केटि तिर हेरेको उ कानमा इयरफोन घुसारेर चुइगम चपाउदै झ्याल बाहिर हेर्दै थिइ ।
फेसबुक खोल्न परो भनेर मोबाइल निकाले डाटा चेक गरेको डाटा सकिसकेच , रिचार्ज कार्ड किन्न जान झ्याउ लाग्यो , यत्तिकै पत्रीका बेच्ने मान्छे आयो । अङ्ग्रेजी खास्सै नबुजे नि `द काठमाण्डौ पोस्ट´ किने ।सर्सर्ती हेड्लाइन हेर्दै थिए , छेउ बाट स्त्रीको आवाज आयो कहाँ सम्म जान लाग्नु भाको  ?
कान टिन्न भो , मुटु ढुक ढुक भो । लजाए लजाए जस्तो भएर उस्को अनुहार तिर हेर , कर्ली कपाल ठुला ठुला आँखा , गोलो अनुहार , मिलेका दात यति सुन्दर केटि यति नजिक बाट आज सम्म देखेको थिइन ।सिनेमामा जुन हिरोइन देख्यो त्यही हिरोनी लाई रात भरी सपनामा देख्दै सुत्ने मलाइ दुरुस्तै सिनेमाकी हिरोनी जस्तै आफनै छेउ मा देख्दा भाउन्न नहुने कुरै भएन।
लजाउदै भने पोखरा सम्म ।अनि हजुर ??
उस्ले नि पोखरा सम्म जान लाको कुरा बताइ ।
गाडिमा मान्छे आउने क्रम जारी थियो कोहि आफुलाइ सिट मन नपरेको कुरो गर्दै थिए , कोहि आफ्नो समान छतमा नराखिदिन गाडिवाला सङग कराउदै थिए । मलाइ भने आफ्नै सिट छेउकी सुन्दर लड्की सङ्ग अब के बिषयमा कुरा गर्ने भन्ने सवालले मनमनै गोचिराथ्यो ।
फेरि उ नै बोली: घरनै पोखरा हो कि केही कामले जान लाग्नु भाको?
का..काम्ले जान लाको? लर्बराउदै बोले । मेरो बोली सुनेर मुसुक्क हास्दै झ्याल तिर फर्की ..
मेरो मुटुको ढुकढुकी बढ्दै थियो , अब के बोल्ने होला मैले नि केही सोध्न पाए हुन्थ्यो झै भो ।
फ्याट्ट सोधे : तपाइको घर चाहिँ कता नि ?
उ निर्धक्क बोली : घर पोखरा यहाँ आफन्तको मा आको थिए ।

गाडी भरि मान्छे भरिए , बिस्तारै गाडि पोखराको लागि हिड्यो ।बाटोमा गजपै हुनि भयो भन्दै मन मन गद गद भए ।
माइक्रो नागढुङ्गा सम्म पुगुञ्जेल दुबै जना शान्त रह्यै । घरी म उसलाइ छ्ड्के छ्ड्के नजरले हेर्थे , उ एयरफोन कान मा घुसारेर चुइगम चपाउदै बसिराकी थिइ ।
नागढुङ्गा पुगे पछि गाडि चेकिङ्ग को लागि रोक्यो , कुरकुरे पानी, पुस्टकारी बेच्ने हरु व्यापार बढाउन गाडी भित्र पसे , गोजि बाट ५०को नोट निकालेर एउटा पानी किने ।
पानीको बिर्को खोलेर उस्लाइ दिए : मुसुक्क हासेर नो थ्यान्क्स भनि ।
ङिच्च पर्दै आफै पिएर साइडमा राखे । गाडि नागढुङ्गा बाट हिड्यो ।।गाडी भित्रका मान्छे हरु आ आफ्नै तालमा थिए । यत्तिकैमा एक जना ५० नाघे जस्ता लाग्ने लोग्ने मान्छेले कन्डक्टरलाई चिच्याउदै भने : ए ! केटा तेरो गाडिमा गाना छैन गाना बजा न ।
कन्डक्टर फन्किदै बुडोलाइ हेर्यो तुरुन्तै ड्राइबर तिर फर्किदै भन्यो : दाइ गित लाउनु अरे ।
ड्राइभरले ` झिम्झिम सानू नझिम्काउ परेली भुतुक्कैहुन्छु म भन्ने गित बजायो ।
फरक्क फर्केर गित बजा भन्नेमान्छेलाइ  हेरेको छोरै पाए जसरी गमक्क परेर बसेका रैछन।
गाडिमा रहेका केही ठिटा ठिटी गित सुन्दा अल्छी माने झै गरेर कानमा एयरफोन घुसर्दै ढल्किए ।

नौबिसे पुग्न केही बेर हुदा मैले उसको नाम सोधे ।
मन्द मुस्कान सहित भनी : जुना बराल अनि तपाइको ? मैले आफ्नो नाम बताए , उस्ले आफू चरक हस्पिटल मा नर्स भएको कुरा बताइ ।मैले नि आफ्नो असली घर , परिवार आफ्नो जागिरको बारेमा बताए ।l
बेनिघाट पुगुञ्जेल हामी आफ्नो जागिर, रुचि , मन पर्ने ठाउँ र आफ्ना मिल्ने साथिको बारेमा कुरा गर्दै थियौ ।
बेनिघाटको (धादिङ)हाइवे गार्डेन रेस्टुरेण्टमा खाना खानको लागि गाडी रोक्यो ।गाडिका सबै यात्रु ओर्लिए ।
उ तिर फर्किदै सोधे : केही खाने हैन ?
बिहानै खाना खाको ले गाडिमा हिढ्दा केही नखाने र बाहिर पनि नओर्लिने कुरा उस्ले जनाइ ।
एकै छिन भन्दै बाहिर उर्ले , पिसाब फुत्केला झै भइराथ्यो लुरु लुरु टोइलेट गए ।
यो केटि सङ्ग यतिका गफ गर्दा मनले कता कता उस्लाइ मन पराएको माया गरेको भान भए झै भो ।
आमाले बिहेको कुरो गर्दै अस्पतालमा जागिर खाने केटि बिहे गर है बाबू भनेको झलक्क सम्झे ।कस्तो जुरेको हिजै रौसि खान परेको, पोखरा आम्छु भन्न परेको, गाडिमा नर्स नै भेटेको भगवान्ले यहि केटिलाइ मेरि आमाकी एक्लि बुहारी बनाउन जुराका रैच्न क्या हो , मन मनै सोच्दै लिखिर लिखिर कम्मर मर्काउदै गाडी तिर लागे । अलि वरै बाट उसले नदेख्ने गरि हेरेको झ्यालमा मुन्टो अड्याएर तल तिर हेर्दै बसेकी , धरोधर्म उस्लाइ यती यात्रा मै एक्दम मन पराउन माया गर्न थाले । माया भन्ने चिज नै यस्तै रैछ न उस्को सबै आनि बानि थाहा पाउनु न उस्को पृष्ठभुमि आखाले देखेर मनले आटे पछि फ्याट्ट माया बसिहाल्ने त्यो एकोहोरो नै किन नहोस ।

यस्तै सोच्दै गाडिमा गए मलाइ देखेर मुसुक्क हास्दै झ्याल बाट बाहिर हेरि , एकैछिनमा सबै यात्रु हरु आए गाडी अगाडि बड्यो ।भर्खर भेटिएकी सुन्दरी सङ्ग को एकोहोरो मायामा बच्चै देखिको साथिलाइ भुलेछु , गोजि बाट मोबाइल निकाले एस एम एस गरे : म आउदै छु बेनिघाट बाट हिड्यो गाडी भात नखाइ बस आज भण्डारीको सेकुवा कर्नर मा जाम्ला , खत्रै पार्टी दिन्छु ।मेसेज डेलिभर भो ।फोने गोजिमा राखेर एक्पल्ट पुर्लुक्क उस्लाइ हेरे टाउको पछाडी ढल्काएर आँखा चिम्म गरेर बसेकी रैछे । कतै निदाइ कि भन्ने लअग्यो निदाइ भने त कसरी उठाउने यत्रो बाटो अझै बाकी छ मनमनै सुलसुले  पसे जस्तो  भो। दायाँ बायाँ अघि पछि हेरेको सबि मान्छे भर्खर कुडो र घाँस खाको भैंसी जस्तो उघेर बसिरहेका थिय । गाडी बेजोड स्पिड्मा अगाडी बढिरहेको थियो ।आट्नै गरेर बिस्तारै उस्को कान नेर मुख लगेर निदाउनु भयो क्या हो भने ।मुस्सुक हास्दै टाउको उठाएर छैन यत्तिकै भनी । मन शान्त भो । एक मनले फोन नम्बर मागौ कि भन्ने नि लाग्यो ।फेरि सोछे यति छिट्टै नम्बर माग्दा नराम्रो पो सोच्नी हो कि? दाया बायाँ हेर्दै फेसबूक चलाउनु हुन्छ ? भनेर सोधे ।
मुन्टो हलाउदै भनी : हजुर ।
भने: के नाम बाट छ ?एड गर्न सक्छु ?
मुसुक्क हास्दै जवाफ दिई : भैहाल्छ नि मेरो आफ्नै नाम बाट छ।
मलाइ कति खेर पोखरा पुगेर रिचार्ज गरेर उस्लाइ एड गरौ भन्ने भो ।
पहिलो पटक कुनै अन्जान केटि आफू सङ्ग यति मीठो बोलेकोमा मलाइ असाध्यै मजा आइराको थियो । घरी घरी म ताइ नअ तुइ का कुरा सोद्थे उस्ले जतीबेला नि हासेरै जवाफ दिन्थी । नारी भन्ने शब्दै मीठो , यी हासे भने सनंसार हासे जस्तो लाग्ने , यिनको मीठो बोली र सामान्य  मुस्कान मै सन्सारका मै हुम भन्ने पुरुष पनि मोहित हुन्छन । यो यात्रा भरी म यहि लड्की सङँ को पूरा जिन्दगी सोच्दै बसिरहे । दुलेगौडा(तनहु) आउदा उसको मोबाइल मा फोन आयो बिस्तारै मोबाइल निकाली पुर्लुक्क म तिर हेर्दै फोन उठाइ उता बाट कहाँ आयौ सोध्दै थियो कोहि , अब आधी घण्टामा आइपुग्छु पृथ्बीचोक भनी, उता बाट के भन्यो , ल ल भन्दै फोन झोलामा राखेर झ्याल तिर आड लाई ।

दिन, हप्ता, महिना, बर्ष त कती चाडै बित्छ जाबो ५ घण्टा भन्दा भन्दै पोखरा आइहालियो ।पृथ्बी चोकमा सबै यात्रु ओर्ले म पनि त्यही ओर्ले र उ पनि ।
म अगाडि ओर्ले उ मेरो पछि पछि ।सबै यात्रु आ आफनो गन्तब्य तिर लागे ।
फरक्क फर्केर उसलाइ हेर्दै थिय , यत्तिकैमा बाइ गर्दै जान्छु ल भनी ।
अलि नजिक पुगेर  , के मा जानुन्छ छोड्न जान पर्छ कि भने , औलाले अगाडि एउटा बाइक तिर इसारा गर्दै उहाँ मेरो हज्बेण्ड हुनुन्च , लिन आउभारैछ खुसी लाग्यो भेटेर बाइ भनेर मुसुक्क हास्दै बाइक भए तिर लागि ।
म केही बोलिन, हज्बेण्ड भन्ने बित्तिकै ममा चिसो पस्यो । मुटु ढक्क फुल्यो । गाडिमा गरेका दुइ चार मिठा बातले आमाकी एकलि बुहारी बनाउने बिउझै देखेको सपना पिलित्त पर्यो ।हेर्दा उ कुनै कुराले बिवाहित लाग्थिन  । जहाँ थिए त्यही उभिरहे । एक मनले आफैलाइ प्रश्न गरे: कुनै केटि मुसुक्क हासी मीठो बोली भन्दैमा त्यस्लाइ दिल मा सजाइहाल्न पर्छ ? अनि उस्ले बूढो भन्दैमा यति धेरै खिन्न भैहाल्न पर्छ ? साथी मात्र बनाउन पनि त सकिन्छ ।
प्राय केटा हरुको बानी नै यस्तै हुन्च कुनै केटिले मुसुक्क हासेर कति बज्यो मात्रै भनी भने पनि त्यस्लाइ मन भित्र सजाइहाल्ने ।त्यही खालको बानी मा म परे ।
जेहोस त्यो सुन्दरीको मुस्कान ,मीठो बोलिलाइ मनको भित्री कुनामा सजाउदै यामे लाई मेसेज ठोके : आइज भाइ भण्डारीको सेकुवामा आज मस्त दारु खानु पर्च ।

फेसबुकबाट तपाईको प्रतिक्रिया