कन्डम लगाउँदा ध्यान दिनुहोस्,बाँझोपन र क्यान्सर निम्तिन सक्छ

एजेन्सी १६ अशोज

यौन क्रिडाको समयमा कन्डमको प्रयोग पछिल्लो समय बढ्दो छ । गर्भनिरोधकका लागि भरपर्दो र सुरक्षित भएकाले पनि कण्डमको प्रयोग अधिक हुने गरेको पाइन्छ । यसको प्रयोगले गर्भ रोक्नुका साथै यौनरोग सर्नबाट पनि जोगाएकै हुन्छ ।   तर यसको प्रयोगका बारेमा अलि विचार पुर्याउन सकिएन भने स्वास्थ्यमा भने प्रतिकुल असर पुर्याउन सक्ने केही अध्ययनहरुले बताएका छन् । खासगरी कण्डमको अधिक प्रयोग नै स्वास्थ्यका लागि हानिकारक हुन सक्ने विज्ञहरुले औंल्याएका छन् । जानीराखौं कण्डमको अधिक प्रयोगबाट हुनसक्ने हानीहरु:   – अधिकांश कन्डम लेटेक्सबाट बनेको हुन्छ।

यो लेटेक्स एक प्रकारको तरल पदार्थ हो, जुन रबरको रुखबाट बनेको हुन्छ। द अमेरिकन एकाडेमी अफ एल्जी अस्थमा एण्ड म्‍युनोलोजीका अनुसार केही मानिस रबरमा प्रोटिन भएका कारण एलर्जीको लक्षण देखा पर्दछ। यसमा सिन्थेटिक कण्डम प्रयोग गर्नु नै जरुरी हुन्छ।   – कण्डमबाट एचआईभी एड्स तथा संक्रामक यौनरोगको जोखिमबाट बचाउछ तर यसबाट यौन प्रसारित रोगको भने बढावा दिने गर्दछ। किनकी यो बाहिरको छालालाई सुरक्षित राख्दैन। जसले संक्रमणको सम्भावना धेरै हुन्छ।   – कन्डमको प्रयोगबाट ९८ प्रतिशत सुरक्षित मिल्छ तर यसको अनुचित प्रयोगबाट सयमा १५ महिलाको गर्भावस्थालाई खतरा पुर्याउने गरेको अध्ययनले देखाएको छ। त्यसकारण यसको प्रयोग सही तरिकाले गर्नु अति नै जरुरी भइसकेको छ।   – अमेरिकाका केही डाक्टहरुको सुझाव छ, पुरुषले प्रयोग गर्ने कन्डमले महिलालाई गम्भीर बिरामी हुने खतरा हुन्छ । उनीहरुका अनुसार कन्डम बनाउने बेलामा पाउडर तथा लुब्रिकेन्ट्स समेत मिसाइएको हुन्छ । अध्ययन अनुसार उक्त पाउडरले पाठेघरको मुखको क्यान्सर हुनुका साथै बाझोपनको समस्या समेत देखा पर्ने सम्भावना रहन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया