कपिलवस्तुमा घर भत्किँदा ३ को मृत्यु
कपिलवस्तु २२ साउन, ।
कपिलवस्तुको गुगौली-५ तिनघरवामा घर भत्किँदा एकैघरका ३ जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन् । प्रहरीका आनुसार मृत्यु हुनेमा २५ वर्षीया सत्यवती भर, १२ वर्षीय मनवरी भर र ५ वर्षीय श्यामसुन्दर रहेका छन्
प्रहरीले घटनालगत्तै घाइतेलाई भैरहवा पठाएको थियो । घाइते भएका चिन्नी भरको मेडिकल कलेज भैरहवामा उपचार भैइरहेको छ ।
गएराति करिब साढे ८ बजे घरको बरण्डामा बसेर खाना खाइरहेका बेला पक्की घरको छतको झाप खसेर परिवारका सदस्यहरु थिचिएका प्रहरीले जनाएको छ । घर पुरानो र जिर्ण रहेकाले झाप खसेको प्रहरी निरिक्षकले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया