कमजोर हुदैछ नेपाली पहिचान र राष्ट्रियता

उद्धबलाल श्रेष्ठ
००७ साल देखि राजनीतिक भुमरीमा परेर आर्थिक विकास र समुन्नतीमा अघि बढन नसकेको नेपाल राष्ट अझै पनि त्यही दुस्चक्रमा अल्झिरहेको छ । जसले गर्दा नेपाली मौलिकता, नेपाली पहिचान र नेपाली राष्टियता झन झन कमजोर बन्दै गइरहेको छ ।
विभिन्न आन्दोलनहरु जस्तो प्रजातन्त्र, बहुदलीय प्रजातन्त्र देखि ०६३–०६४ मा आएर लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि नेपालको हालत उस्तै छ । अझ हालका बर्षहरुमा नेपालको राष्ट्रियता र भौगोलिक अखण्डता इतिहासकै कमजोर एवं जटिल अबस्थाबाट गुज्रिरहेको छ । सरकारमा बस्ने उच्च पधादीकारीहरु र अधिकास पार्टीका नेतृत्वपक्तीहरु राज्य र संसदबाट दोहोरो तलब भक्ता खान लालाहित हुन्छन् । तर जनताको नाममा यीनले सिन्कोसम्म भाँच्न जानेका छैनन । रातो दिन दक्षिणपक्तीहरुले नेपालको सिमा मिचिरहेका छन । नेताजीहरु, तपाइहरु देशभक्त र राष्टप्रेमी हुनुहुन्छ भने आफनो देशको लागि किन केही सोच्नुहुन्न ? फेरी पनि तपाइहरुले नेपाली जनतालाई आश्वासन मात्रै दिएर किन कमजोर बनाउनु हुन्छ ? साँढे २ करोड जनताको आग्रह बुझिदिनुस् । मेरो अनुरोध छ ।
उद्धबलाल श्रेष्ठ, रामेछाप–क्षेत्र नं २
                                                   केन्द्रिय सदस्य, देपसा मोर्चा

फेसबुकबाट तपाईको प्रतिक्रिया