कमलपोखरीमा आइतबार छठ पुजा हुने, तयारी तिव्र
काठमाण्डौ ११ कार्तिक २०७९ ।
राजधानीको कमलपोखरीमा विगत बर्षहरुको जस्तै यसबर्ष पनि छठको पुजाआज हुने भएको छ । राष्ट्रपती, प्रधानमन्त्री र काठमाण्डौ महानगरपालिकाका मेयर तथा उपमेयर, नेपाली काँग्रेसका नेता गगन थापा समेतको समुपस्थीतिमा छठ पुजा आयोजना हुन लागेको हो । सोको तयारी पुरा हुन लागेको कमलपोखरी छठ पुजा आयोजक समितका कार्यकारिणी सदस्य मुकेश शिवहरेले बताए । आइतबार दिउँसो ३ बजेपछीबाट सुरु हुने कार्यक्रममा अस्ताउँदो सुर्यलाई जल तथा फुल चढाएर छठीमाइको पुजाआजा गरिने शिवहरेले बताए ।
नेपालीहरुको महत्वपूर्ण चार्ड मध्येको एक छठ पुँजा पछिल्ला बर्षहरुमा तराइदेखि पहाडसम्म उत्तिकै मनाउन थलिएको छ । यस पर्वले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि सबैलाई एकैठाउँमा ल्याइरहेको भक्तालु शकलदेब रजक बताउँछन् । २ दशक भन्दा लामो समयदेखि काठमाण्डौलाई कर्मथलो बनाएका रजकले हरेक बर्ष यहीँ नै छठ मान्न थालेको धेरै भएको उनले बताए । कार्यक्रममा लाइभ म्युजिक आयोजना हुने, विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिने आयोजकले बतायो ।
छठ पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने विश्वास छ । मानवको रूचि सत्य र अहिंसाप्रति बढाउने, सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु छठ पर्वको मौलिक विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । छठ पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न चलन रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया