कमल थापाले भने “तीनै तहको निर्वावनको मिति तोक्नुपर्छ”।

जनकपुरधाम १४ भदौ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताएका छन्। “निर्वाचन नहुँदा अस्थिरता निम्तिन्छ, चुनावको विकल्प छैन”, उनले भने।  राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा सोमबार आयोजित सभामा उनले मधेसका प्रमुख समस्या शिक्षा, स्वास्थ्य र गरिबी समाधान गर्न यसअघिको सरकारले ल्याएको ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिए।  अध्यक्ष थापाले धर्म परिवर्तनको डरलाग्दो विषय तराई-मधेसमा फैलिएकामा चिन्ता व्यक्त गरे। उनले धर्म, संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकको समृद्धि चाहनेले आफ्नो दललाई साथ दिन आग्रह गरे।  सो अवसरमा सांसद सुशील श्रेष्ठ, प्रेक्षा मल्ल, मीनबहादुर थिङ, चन्द्रेश्वर यादव, राजाराम बर्तौलालगायतले बोलेका थिए।  यसैबीच, राप्रपा नेपालले मङ्गलबार १ नं प्रदेशको प्रशिक्षण कार्यक्रम धरानमा राखेको बताइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया