करिब ६० जिल्लामा राप्रपाको विस्तारित बैठक सम्पन्न

काठमाडौँ १५ चैत
-राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका करिब ६० जिल्लामा विस्तारित बैठक सम्पन्न गरेको छ। पार्टीको सङ्गठन सुदृढीकरणका लागि देशैभर गर्ने उद्देश्यले यही चैतको ७ गतेदेखि सम्बन्धित जिल्ला कार्य समितिले आफ्नो अनकुलतामा वैठक सुरु गरेको हो। तीन दिनभित्र देशैभर सम्पन्न गर्ने योजना राखिएको भएपनि पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि निर्णय गरेपछि विस्तारित बैठक समेत प्रभावित भएको हो। देशैभर निर्वाचन आयोगका कार्यालयमा विरोध प्रदर्शनका कार्यक्रममा तथा सो विषयमा स्थानीय जनतालाई सूचना र सन्देश प्रवाहका आवश्यक गृहकार्य गर्न परेकाले पनि केही जिल्लामा बैठक हुन बाँकी रहेको बताइएको छ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न एकाइलाई समायोजन गर्ने क्षेत्राधिकार सो बैठकलाई दिइएको थियो। आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्थानीय जनतासँग समन्वय र सहकार्य गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ । निर्वाचनका लागि उम्मेदवार बन्नका लागि चाहिने मापदण्ड तथा पार्टीका नेता र कार्यकर्ताले स्थानीय तहमा पारेको प्रभावका आधारमा पनि मूल्याङ्कन गरिनेछ । जनताका माझमा पार्टीलाई कसरी पु¥याउन सकिन्छ रु आगामी निर्वाचनमा पार्टीलाई विजय निश्चित गराउन विस्तारित बैठकअन्तर्गत केही जिल्लामा कार्यकर्ता भेला समेत गराइएको थियो । बाँकी रहेका १५ जिल्लामा एक साताभित्र बैठक सम्पन्न गरिने बताइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया