कलैया नगरपालिका विवाद : आठौं दिन प्रशासन घेराउ, बजार बन्द र नवौँ दिन अनशन जारी

राजु साह कानु
बारा १४ माघ
स्थानीय निकाय पुनर्संरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिकामा सिफारिस नगरेको र वडा २१ लाई छुटयाएर २ वर्ष पहिला मात्रै स्थापना भएको गढिमाई (सिमरा–जितपुर) नगरपालिकालाई उपमहानगरपालिका बनाउने प्रस्ताव बिभेदकारी भएको आरोप लगाउदै बिहिवार जिल्ला प्रशासन कार्यालय घेराउ, कलैया बजार बन्द गरी विरोधमा उत्रेका नगरवासी, व्यापारी, व्यवसायी तथा राजनीतिक दलका प्रतिनिधिहरु आज शुक्रबार पनि रिले अनसनमा छन । उनीहरुले कलैया स्थित मुख्य चोकमा टेन्ट गाढेर रिले अनशन शुरु गरेका छन ।
माघ ६ गते देखी आन्दोलनमा उत्रेका उनीहरु कुचो सहित बृहत जुलुश प्रदर्शन, चक्का जाम, जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय र स्थानी पुनः संरचना कार्यालय काठमाण्डौंलाई ज्ञापन पत्र बुझाए पनि हालसम्म कुनै ठोस पहल सरकारले नगरेको भन्दै विरोध गर्दै आइरहेका हुन् ।k2

स्थानीय तह पुनसंरचना आयोगले बारा जिल्लाकै जेठो नगरपालिका कलैया नगरपालिकालाई उपमहानगरपालिकाको लागि सिफारिस नगरी, कलैया नगरपालिकाबाट २१ नम्बर वडा उत्तर झिटकैयालाई छु्ट्याएर २ वर्ष पहिला मात्र घोषना भएको जितपुर–सिमरामा गाभेर उपमहानगरपालिका बनाउन सिफारिस गरेको विरोधमा उनीहरु आक्रोसित भएर विरोध गर्दै आइरहेका हुन् ।
“हेर्नुस, उतर झिटकैया बासी कलैया आउन २ किमीको दुरी पार गर्नुपर्छ, तर जितपुर–सिमरा पुग्न २० किमी दुरी पार गर्नुपर्छ, अब तपाई बताउनुस् स्थानीय तह पुनसंरचना आयोग के गर्न खोजेको हो ?” बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले प्रश्न गरे ।
त्यस्तै माओवादीका मुकेश साहले “निजगढ नगरपालिकामा ३५ हजार जनसङ्गख्या हुदाँ १३ वडा र कलैया नगरपालिकासँग ९० हजार जनसङख्या हुदाँ पनि १३ बडा किन ?” कलैयाको विकासमा सरकार विभेद गरेको उनको भनाइ छ । कलैयाबाट वडा काटेर सिमरा–जितपुरमा उपमहानगरपालिका गाभिँदा हजारौं जनतालाई सेवा सुविधाको दृष्टिकोणले अपायक हुने धारणा उनको छ ।pp

पुनसंरचना अघि बारा जिल्लामा जितपुर, कलैया, कोल्वी, महागढीमाई, सिम्रौनगढ र निजगढ गरी ६ नगरपलिका र ६८ गाविस रहेकोमा हालै प्रस्थावित संरचना अनुसार यहाँ १ जितपुर–सिमरा उपमहानगरपालिका, ५ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय निकाय राख्ने खाका तयार गरेको छ ।
यता अव्यावहारिक तरिकाले गरेको पुनसंरचना प्रति असहमती जनाउदै लेखापढी व्यवसायी संघ बाराले पनि ऐक्यबद्घता जनाउदै बिहिबार ३ घण्टा पेन डाउन गरेका छन ।
९ औ दिनसम्म आन्दोलन गर्दा माग सम्बोधन नभएपछी अगामी दिनमा आन्दोलन अझ कडा बनाउने अध्यक्ष विनोद साहले बताउनु भयो । सर्वदलीय र सर्वपक्षीय तयारी भइरहेको समेत बिजनेसपाटी डटकमलाई उनले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया