कल्पनामा मातृभूमि (कविता)

 

                                   -अरुण गौतम, अष्ट्रेलिया

अग्ला-अग्ला यी भवनहरुको

उचाइसगैँ

सुन्दर गाउँ अनि बस्तिहरुको

कल्पनामा रमाउछु म।

अत्याधुनिक बिकासहरुको संकेत

सगैँ

मेरो प्यारो देशको नयाँ चित्र

मनमा कोर्छु म।

यहाँका कृत्रिम प्रकृतिका

रमाइलोसगैँ

प्राकृतिक सुन्दरताको शहरमा

हराउँछु म।

त्यो कोलाहल र ध्वनि प्रदुषणसगैँ

यो मन बहलाउने छहरा र छाँगाको

आवाज खोज्छु म।

यो व्यवस्थित र हतास दैनिकिहरुसगैँ

शान्त-सभ्य जीवनको कल्पना गर्छु म ।

स्वादिष्ट बर्गर र स्टेकका स्वादसगैँ

नेपालीकै मौलिक स्वाद खोज्छु म।

यहाँको क्रिसमस र ईस्टरसगैँ

मेरा हरेक ठुला पर्वहरु

आँखामा झलझली देख्छु म।

यहाँको एक्लो र स्वार्थी जीवनहरुसगैँ

हाम्रो सामाजिक एकता र मेलमिलापसँग

तुलना गर्छु म।

सस्तो यौवन साथै सुन्दर हुने

होडबाजीसगैँ

त्यो असिम प्राकृतिक हराभरामानैँ

रमाएका नेपालीहरु प्रति गर्ब गर्छु म।

अनेक जीबनशैली र सिदान्तहरुसगैँ

नेपाली मन्,मुल्यता र बिबिध संस्कृतिको

आभास गर्छु म।

यहाँको क्यासिनो अनि क्लबहरुको

क्षाणिक रमाइलोसगैँ

दोहोरी र रोधीका सुमधुर भाकाहरु

खोज्छु म।

विदेशी भुमिमा भोलिको सुनौलो

दिनको खोजिसगैँ

तिम्रै तस्बिर दिलमा राखी

सजाइरहेको छु म।

आउनेछु फर्की एकदिन तिम्रै काँखमा

सुम्पिनेछु मेरा सारा तिम्रै लागि म।

फेसबुकबाट तपाईको प्रतिक्रिया