कविवर सिद्धिचरण श्रेष्ठका ईश्वर कविता
स्वयम्भू शाक्य
मान्छे ईश्वरको रूप हो । आत्मामा ईश्वरको बास भएर होला आत्मा अमर छ । न कसैले यसलाई मार्न सक्छ न जलाउन सक्छ । यो त अक्षय हो । क्षय गर्न नसक्ने यो आत्मा न जन्मिन्छ न मृत्यु नै हुन्छ । यो त नित्य हो । शाश्वत हो । अज हो । अटल हो । सर्वव्यापी हो । अनादि हो । त्यसैले आत्मा जीवनको एक अभिन्न अङ्ग हो । शरीर विनाश भएर पनि आत्मा कहिल्यै विनाश हुन सक्दैन । यो त परमात्माको एक रूप हो । अभौतिक शक्तिको रूपमा शरीरमा विराजमान हुने हंस हो । मनको साक्षी हो । शरीरलाई जीवित राख्ने अलौकित शक्ति हो ।
भनिन्छ आत्मा भगवान् जस्तै अतिश्वहिन छ । न देख्न सक्छ न छुन सकिन्छ । ईश्वर जस्तै निराशक्त कार्यभावले मात्र सत्विक प्राप्त गर्न सकिन्छ । त्यसैले आत्मा ईश्वरको अंश भएर होला हामीले ईश्वर पाउनु छ भने बाहिर होइन हाम्रैं आत्मामा खोज्नु पर्दछ । तब मात्र ईश्वर पाउने छ । तसर्थ ईश्वर अनन्त, निराकार र पवित्र छ । पूर्ण छ । सर्वाधार छ । अनुपम छ । साकार छ । आदि र अन्त्य छुट्याउन नसक्ने पराप्राकृतिक गुण छ । ईश्वरलाई खुशी पार्ने हो भने भावद्वारा पुजिनु पर्छ । विना स्वार्थ आराधना गर्नुपर्छ । तब मात्र ईश्वर प्राप्त गर्न सकिन्छ । परालौकिक शक्तिले यो संसारमा सारतत्व पाउने छ । सृष्टिकर्ताको रूपमा, विनाशकर्ताको रूपमा, नियन्त्रितकर्ताको रूपमा, शासकको रूपमा सर्वसत्ता अधिपतिको रूपमा हामी ईश्वरलाई पुजिने गरिन्छ ।
अदृश्य आत्मालाई ईश्वरले बाहेक अरु कसैले पनि देख्न सक्दैन । आत्माले झुठो कहिले बोल्दैन र सत्यलाई साथ दिन्छ । जसरी सूर्यले अन्धकारलाई हटाउने मात्र होइन, जसको विना जीवको सृष्टि हुन सक्दैन । त्यस्तै आत्मा पनि जीवात्माको शक्तिको स्रोत हो । तेल सकेर बत्ति निभे जस्तै आत्मा शरीरबाट निस्केपछि प्राणीको मृत्यु हुन्छ । देहबाट आत्मा छुट्टिएर देह चेतनाको अन्त हुन्छ । त्यसैले हे ईश्वर ! तिम्रो र मेरोबीच आज मात्र होइन सृष्टिको शुरुवातदेखि नै गहिरो सम्बन्ध छ । शरीर त के भो र नाश भएर जाने हो । माटो भएर माटो मैं मिसिएर जाने छ । त्यसैले तिमीभित्र म समाहित भएर बाँचेको छु । मभित्र तिमी पनि समाहित भएर बसेको छ । गहिरो नाता र सम्बन्धले म तिम्रो, तिमी मेरो भएर यो भवसागरमा युगौंगुगदेखि आँखाले देख्न नसक्ने अदृश्य गहिरो नाता रहेको छ । यो जीवनमा आदिदेखि अन्त्यसम्म मैले जे जति जाने, जे जति पाएँ त्यसको सार तिमी हौ । जीवन त के छ र ? कर्कलाको पानी न हो । दुई दिनको घाम–छायाँ जस्तो पानी परेको बेला ओट लाग्ने आश्रम न हो । लुगा फेरे जस्तै यो चोलालाई छोडेर आत्माले यो शरीरलाई त्याग गर्नु नै मृत्यु हो । त्यसैले डर, त्रास अनि शंङ्काको यौटा आश्रम तिमी भए पछि तिमीले खोजेको अनि तिमीले चाहेको संकल्प र विकल्पहरूलाई यो अन्तकरणले आफ्नै मनभित्र दियो बाल्न सक्नु पर्दछ । श्रद्धाले मन चोखो पारेर गरेको कामलाई ईश्वरले पनि हेर्ने गरिन्छ ।
हो, आज युगकवि सिद्धिचरण श्रेष्ठले ईश्वरलाई सम्झेर म नै ईश्वरको अंश हुँ भनी हामीहरूलाई अलौकिक शक्तिको भाव बुझाई रहेछ । आत्मा र ईश्वरको गहिरो नाता हामीहरूलाई सुनाई रहेछ ।
ईश्वर ! तिम्रो मेरो बीचको छ कुरा धेरै गहिरो
जान्दछ कसले हाम्रो नाता, म तिम्रो तिमी मेरो ।
जे जति मैले जाने, पाएँ त्यसको उत्तर तिमी हौ
डर अनि शङ्का सबैको यौटै आश्रम मेरो तिमी हौ ।
यो कुरो ध्रुवसत्य हो । यो जीवन ईश्वरको दान हो । दया र मायाले जन्मेदेखि मृत्युसम्मको ईश्वरीय संस्कार हो । ईश्वरले दानमा दिएको यो जीवन त्यसै खेर फाल्नु हुँदैन । कहि न कत्तै आपूmले जाने बुझेका सत्कर्म गर्नु नै ईश्वरलाई खुशी पार्नु हो । एउटा ईंटामा अर्को ईंटा जोड्नु मानव सभ्यताको विकास गर्नु हो । भत्के बिग्रेको ठाउँमा मर्मत गर्नु हामीहरूको कर्म हो । त्यसैले यो जीवन मेरो आँखाले मात्र होइन तिम्रो आँखा भएर पनि हेर्नु पर्छ । हिँड्दा हिँड्दै राम्रो र नराम्रो सबै आफ्नै कर्मको फल भनी बुझ्नु पर्छ । ईश्वर त के छ र अदृश्य भएर तिमी हिँडेको हेरिरहन्छ । सत्यलाई आत्मसाथ गरी जन्मेको तिमी कसरी बाटो बिरायो भनी मनमा लिईरहन्छ । किन होला यो भवसागरमा मान्छेले किन हिजोको कुरा बुझ्न सकेन ? तिम्रो र मेरो गहिरो सम्बन्ध भएर पनि आज किन हो कुन्नी मृत्युको कुरा बुझ्नै सकेन ? मभित्र तिमी छौं भन्ने कुरा मान्छेले किन खोज्न सकेन ? राम्रा नराम्रो छुट्याउँन नसकेर विवेकहिन भएर मान्छे किन बाँच्न खोजिरहेछ ? धिक्कार छ, मनुष्य जीवन जसले समयलाई चिन्न सकेन ? हे ईश्वर ! तिमीले दया राखेर क्षमा देऊ । यो जीवनलाई सूर्यले जस्तो पारिलो घाम दिई अन्धकारलाई छुटाई सार्थक बनाई देऊ । मन, वचन र कर्मलाई तिमीले आफ्नै हातले समाई दोह¥याइ देऊ । नत्र तिमीले बेइज्जती सहनु पर्छ । नत्र तिमीले हेला सहनु पर्छ । कस्तो मनुष्य बनायौं भनेर सबैले तिमीलाई घोचपेच गर्न सक्छ । तिमीले दया र माया नगरे अब कसले पो गर्न आउँछ र ? त्यसैले तिमीले उद्धार गर्नुपर्छ । लडेकाहरूलाई उठाई दिनुपर्छ । यो जीवनमा मनुष्यलाई फेरी एकचोटी तिमी आई बाटो देखाई दिनु पर्छ ।
भन्छु म मेरो जीनव जम्मै तिमीले दान दिएको
बिग्य्रो सप्य्रो त्यसको जिम्मा सबकुछ तिमी नै हो ।
आऊ ईश्वर ! जीवन मेरो निरर्थक मात्र नपार
बेइज्जत है तिम्रो हेला गर लौ यसको उद्धार ।
हे ईश्वर तिमी करुणमय छौं । ज्योतिमा ज्योति महाज्योति जस्तो उच्च र महान छौं । यो जीवन तिम्रो त हो नी । म त के छु र तिम्रै सानो एक कण न हो । आँखाले देख्न नसक्ने, छोएर स्पर्श गर्न नसक्ने त्यो पवन जस्तो, कस्तो कस्तो न आकार छ, न रूप छ, निराजन ममतामय तिम्रो रूप छ । म त के भन्न सक्छु र ? यो जीवन तिम्रो आँखामा ओझेलमा नपरी बाँच्न चाहन्छ । यो आँखाले पानी देखेर के भो ? तातो र चिसो के छ कसरी थाहा पाउन सकिन्छ ? विना स्पर्श कसरी महशूस गर्न सकिन्छ ? त्यसैले यो अनौठो जीवनमा ईश्वरको दया छ । बिग्रे साफ पार्नु ईश्वरकै वरदान छ ।
संसार अनित्य छ । अनित्यभित्र हामीहरू बाँचिरहेका छौं । जन्म मृत्युवरण भएर यो शरीरको आत्मा उडेर गईसकेपछि ईश्वरको शरणमा जानु बाहेक अन्य के विकल्प हुन सक्छ र ? न मेरो हिसाब किताबहरू तल–माथि गर्न सक्छ ? न कर्मको फलमा परिवर्तन गर्न सक्छ ? बही खाता त्यही हो, जसमा मान्छेले गरेको पाप र धर्मको कुरा लेख्ने गरिन्छ । यो त धर्मकाँटा हो । शुली चढाउनका लागि न्याय निसाफको पाना हो । जीवनमा घटेको मनुष्यको गाथा हो । त्यसैले हे ईश्वर ! मेरो ईश्वर कच्चा छ भनी भन्न नपरोस् । मलाई ईश्वरले कहिल्यै हेरेन भनी भन्न नपरोस् । आफ्नै ईश्वरको आलोचना कतै यमराजलाई सुनाउन नपरोस् । तिमीले समयमा भन्न सकेनौं । तिमीले बाटो बिराएर अधर्मतिर लागिरहेका छौं , किन सोध्न सकेनौं ? तिमीले किन समयमा सचेत गर्न सकेनौं ? यो त तिम्रो दोष हो । मेरो त होइन अनि मैले तिमीलाई कच्चा नभनी के भनौं ? मेरो बही खातामा लेखेको कुरा मैले चाहेर होइन मेरो अर्धचेतनाले गरेको भनी किन नभनौं ? हे ईश्वर ! म हिँड्ने बाटो एउटै मात्र बनाई दिएको भए के हुन्थ्यो ? जहाँ जानु छ त्यही पुगेर विश्राम लिन पाए के हुन्थ्यो , तिमी आपैm भन ? मैले यो शरीरलाई छोडेर अर्को चोलामा जानका लागि तिमीलाई बाहेक म अरुलाई किन कच्चा भनौं ?
म बने भनुँला करुणमय छौ ईश्वर त्यो उच्च महान
बिग्रे साफ पर्दछ भन्नु उसको यस्तै वरदान
यसले मेरो बही फुकाई कस्तो यो जब भन्ला
मैले नभनी हुने छैन अनि मेरै ईश्वर छन् कच्चा ।
हे ईश्वर ! समय अभैm बाँकी छ । दिन बितिसकेको छैन । साँझ परेपछि सम्झौता गर्न गाह्रो हुन्छ । साँझ, न दिन हो न रात हो । यसको आफ्नै अस्तित्व छ । त्यसैले साँझमा सम्झौता गर्नु मूर्खता हो । क्षणभरमा सूर्य अस्ताचलमा डुबेपछि मैले कसरी सुधार गर्न सकिन्छ र ? त्यसैले आऊ समय छदै सम्झौता गरौं । त्यो सम्झौताभित्र यमराजलाई तिम्रो आलोचना सुनाउन नपरोस् । त्यो सम्झौताभित्र मान्छेहरूले सुकर्मको बाटोमा मात्र लाग्न सकोस् । त्यो सम्झौताभित्र कतै मन फाटिने कुरा कहिल्यै नहोस् । त्यो सम्झौताभित्र युगौंयुगको गहिरो नाता तोड्न नपरोस् । त्यसैले हामी त्यस्तो सम्झौता गरौं । जुन सम्झौतामा ईश्वर र मनुष्य खुशी रहोस् । एकले अर्कोलाई लान्छाना लगाउने कार्य बन्द होस् । मान्छे–मान्छे भएर हिँड्न सकोस् । यो भवसागरभित्र पापीहरूको नाश होस् ।
समय अभैm छ, आऊ आऊ सम्भैmता हाम्रो होस्
मृत्यु उघारी उसतिर जाँदा हामी फाटिन नपरोस् ।
ईश्वर आत्माको रूप हो । ईश्वर आत्माको भक्ती हो । ईश्वरलाई आराधना गर्नु मानव कल्याणको बाटो हो । त्यसैले त्यो बाटो हिँड्नका लागि युगकवि सिद्धिचरण श्रेष्ठले यौटा दियो बाली अध्यारो मनलाई उज्यालो पार्न खोज्दैछ । सत्कर्मको लागि ईश्वरलाई बोलाई बाटो देखाउन आग्रह गर्दैछ । गहिरो सम्बन्धले होला आफ्नै ठानी कहिले काहीँ ईश्वरलाई पनि आलोचना गर्न खोज्दैछ । तिमी कच्चा भयो भने म कच्चा हुनु स्वभाविकै हो । तिमी महाज्योति भएको नाताले मलाई पनि ज्योति बनाउनु तिम्रो कर्तब्य हो । तसर्थ आज मैले के गरेँ त्यो त ईश्वरको बही खातामा छँदैछ । भोलि के गर्नुपर्छ तिमीले आज बताई दिनु पर्छ । अस्तु ।
प्रकासित मिति २०७८–५–२
फेसबुकबाट तपाईको प्रतिक्रिया