कसरी भित्रिन्छ वैदेशिक लगानी ?

काठमाडौं  २१ फागुन

नेपालका विभिन्न १६ क्षेत्रमा साढे १४ खर्ब रुपैयाँ निजी लगानीको प्रतिबद्धता आएको छ। काठमाडौंमा शुक्रबार सम्पन्न ‘नेपाल इन्भेस्टमेन्ट समिट २०१७’मा सहभागी लगानीकर्ताले यस्तो लगानी प्रतिबद्धता व्यक्त गरेका हुन्। विदेशी तथा स्वदेशी लगानीकर्ताले आफ्नो प्रतिबद्धताअनुसार लगानी गर्न उद्योग विभाग वा लगानी बोर्डमार्फत प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ। १० अर्ब रुपैयाँभन्दा बढीको आयोजनाका लागि बोर्डबाट स्वीकृति लिनुपर्छ। २ अर्बदेखि १० अर्ब रुपैयाँसम्मको लगानीका लागि उद्योग विभागबाट प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ। २ अर्ब रुपैयाँसम्मको लगानीलाई उद्योग विभागले स्वीकृति दिन्छ। २ अर्बभन्दा बढी र १० अर्ब रुपैयाँभन्दा कमको लगानीलाई उद्योगमन्त्री अध्यक्ष रहने औद्योगिक प्रवर्द्धन बोर्डले लगानी स्वीकृति दिन्छ। अब सरकारले लगानीको प्रतिबद्धता गर्र्ने कम्पनी तथा समूहसँग छुट्टाछुट्टै छलफल गर्नेछ। सरकारले लगानीकर्ताको आसयअनुसारको प्रस्तावना माग गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । त्यसपछि त्यस्ता लगानीकर्तालाई लगानीका लागि सहजीकरण गर्ने उनले बताए। नयाँ पत्रिकामा समाचार छ

प्रतिबद्धताअनुसारको लगानी भित्राउन सरकारले चार समिति बनाएको छ। सम्मेलनमा गरिएका प्रतिबद्धता र निर्णयको प्रभावकारी कार्यान्वयन गराउने उद्देश्यले राष्ट्रिय योजना आयोगअन्तर्गत नीतिगत सुधार समिति, अर्थ मन्त्रालयको संयोजकत्वमा परियोजना बैंक परिमार्जन समिति, लगानी बोर्डको संयोजकत्वमा औद्योगिक प्रवद्र्धन समिति तथा उद्योग मन्त्रालयको संयोजकत्वमा समग्र समन्वय समिति गठन गरिने उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया